शिक्षा विधेयकबारे अन्तिम फैसला अब आन्दोलनबाटै : महासंघ

काठमाडौं। नेपाल शिक्षक महासंघले शिक्षा विधेयकमा रहेका केही बुँदाहरुमा असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेको छ। महासंघले साउन २२ गते बसेको विस्तारित कार्यसमितिको बैठकबाट भदौ दोस्रो हप्ताबाट आन्दोलन गर्ने निर्णय गरेको हो।

विज्ञप्तिमा उल्लेख भएअनुसार, संघले हाल संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको शिक्षा विधेयकमा शिक्षक, बालबालिका, विद्यार्थी, स्थायी प्रकृतिमा कार्यरत शिक्षकको स्थायित्व, संविधानप्रदत्त ट्रेड युनियन अधिकार र विद्यालय व्यवस्थापनसम्बन्धी विषयमा चित्त बुझाएको छैन।

महासंघका अनुसार यी विषयमा शिक्षकका संघसंस्थाहरुसँग सहमति अनुसारको प्रस्ताव नआएकोले विरोधमा उत्रिनुपरेको हो।

शिक्षक महासंघले यसअघि जारी रहेको आन्दोलनलाई स्थगन गरी शिक्षा ऐन जारी गर्नका लागि वातावरण बनाएको भए पनि सरकारले शिक्षकका माग सम्बोधन गर्नेतर्फ ध्यान नदिएको विज्ञप्तिमा उल्लेख छ।

यसबाहेक, स्थानीय तहबाट जबरजस्ती शिक्षक सरुवा गर्ने, अस्थायी प्रकृतिका शिक्षकलाई म्याद थप तथा करार सम्झौताका नाममा आतंकित पार्ने जस्ता गतिविधिहरु भइरहेकोले यसको पनि महासंघले विरोध गरेको छ।

अब विधेयकबारे अन्तिम फैसला आन्दोलनबाटै हुने भन्दै महासंघले विज्ञप्ति मार्फत सबै शिक्षक तथा कर्मचारीहरुलाई  तयार रहन आह्वान गरेको छ। आन्दोलनको प्रकृति र कार्यतालिका निर्धारणका लागि भदौ २ र ३ गते काठमाडौंमा महासंघको राष्ट्रिय समितिको बैठक बस्ने भएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा आन्दोलनका कारण सिर्जना हुने असहज परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्ने चेतावनी दिइएको छ।

* * *

विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित थप समाचारहरू

शिक्षा विधेयक : के के बुँदामा भयो संशोधन ?

शिक्षक महासंघद्वारा आन्दोलन गर्ने निर्णय

शिक्षा विधेयकमा छलफल सुरु, बढुवाबारे आयो ३ खाले प्रस्ताव

शिक्षा विधेयक पारित गर्ने समय सकियो, महासंघले बोलायो बैठक

शिक्षा विधेयकमा छलफल गर्न समितिको बैठक बस्दै

महासंघले दिएको म्याद आज सकिँदै, अब फेरि आन्दोलन ?

कस्तो आउला शिक्षा विधेयक ? के हो २७ बुँदे सहमति ?

शिक्षा विधेयक : के भन्छ निजी क्षेत्र ?

शिक्षा विधेयक : के हो सरकारको नयाँ प्रस्ताव ?

विद्यालय शिक्षा विधेयक संसदमा पेस गर्ने तयारी

शिक्षा विधेयक अनिश्चित: सरकारी प्रतिबद्धता र शिक्षकको धैर्य दुवै परीक्षणमा

‘शिक्षा विधेयकमा सरकार षड्यन्त्र गर्दैछ’

विद्यालय शिक्षा विधेयक साउनभित्र पारित गर्ने तयारी

राजनीतिक दाउपेच र स्वार्थ समूहको चलखेलले शिक्षा विधेयक अलपत्र

शिक्षा विधेयकको अलमलः वृहत् बैठक गर्दै महासंघ

शिक्षा विधेयक थाँती राखेर मिडिया काउन्सिल विधेयकतिर

शिक्षक महासंघले भन्यो, ‘२७ बुँदे सहमति नै बटमलाइन’

बोल्यो शिक्षक महासंघ, ‘विधेयकमा सहमति नसमेटिए कडा आन्दोलन’

मन्त्रीको आलटाल, अघि बढाइँदै शिक्षा विधेयक

विद्यालय शिक्षा विधेयक अन्योल : शिक्षकसँगको सहमति अझै अधुरो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *