विद्यालय शिक्षा विधेयक संसदमा पेस गर्ने तयारी

काठमाडौँ। विद्यालय शिक्षा विधेयक संसदमा पेस गर्ने तयारी गरिएको छ। निकै लामो छलफल र प्रतीक्षापछि अब भने यो विधेयक प्रतिनिधिसभामा पेस हुने सम्भावना बढेको हो।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाका अनुसार लामो समयदेखि समितिमा रोकिएको ‘विद्यालय शिक्षा विधेयक–२०८०’ अब संसद्मा पुर्याइने बताएका हुन्।

‘विधेयकको प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको छ’ थापाले भने, ‘अब भने यसलाई टुंग्याएर संसदमा पेस गर्ने तयारी गरेका छौं।’

विधेयकमा समेटिएका कतिपय विषयमा सहमति जुट्न सकेको थिएन। प्रमुख दलका सचेतकहरू, शिक्षामन्त्री रघुजी पन्त, समितिका सदस्यहरू र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच भएको सहमतिपछि विधेयकलाई अन्तिम रुप दिन लागिएको हो।

समितिका अनुसार विधेयकका केही संवेदनशील र विवादित विषयहरूमा सहमति जुटेको छ। अस्थायी प्रकृतिका शिक्षकलाई ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गर्ने र बालविकास सहजकर्तालाई ‘शिक्षक’ नै भन्नुपर्ने समितिको अडान यथावत् रहेको सभापति थापाको भनाइ छ।

यसका लागि शिक्षा मन्त्रालयले पनि सहमति जनाइएको समितिका एक सदस्यले सरल पत्रिकालाई जानकारी दिए। अस्थायी शिक्षकबारे ६०–४० को विषयमा पहिल्यै सहमति भइसकेको भए पनि आवधिक बढुवाको विषयमा सहमति जुट्न सकेको थिएन। तर यसमा पनि सहमति जुटेको उनको दाबी छ।

अब कार्यसम्पादन र ज्येष्ठताका आधारमा शिक्षक बढुवा गरिने तथा आवधिक बढुवा प्रणाली हटाउने सहमति बनेको जनाइएको छ। विधेयकको अर्को संवेदनशील विषय, शिक्षकको अनुशासन कारबाही प्रक्रियाबारे पनि सहमति जुटेको जनाइएको छ । अब स्थानीय तहले शिक्षकलाई कारबाही गर्न शिक्षक सेवा आयोगको अनुमति लिनुपर्ने व्यवस्था गरिनेछ।

यसैगरी, बालविकासलाई विद्यालयको संरचनाभित्र समावेश गरिने र बालविकास सहजकर्तालाई ‘सहजकर्ता’ नै भनेर सम्बोधन गरिनुपर्नेमा राजनीतिक सहमति जुटे पनि शिक्षा समिति भने यसबारे सहमत नरहेको थापाको भनाइ छ। बालविकास सहजकर्तालाई ‘शिक्षक’ नै भन्नुपर्नेमा समितिमा भने कुनै विवाद नरहेको जनाइएको छ।

विधेयक प्रतिवेदनको ७५ प्रतिशत काम पूरा भइसकेको समितिले जनाएको छ। ‘अब प्रतिवेदनलाई अन्तिम रुप दिने काम तीव्र रुपमा अघि बढेको छ’ समितिका एक सदस्यले भने।

कुनै अवरोध नआएको अवस्थामा दुई तीन दिनभित्रै प्रतिवेदन तयार हुने समिति सभापति थापाले बताए। प्रतिवेदन तयार भएपछि दुई दिन समितिका सदस्यहरुले अध्ययन गर्नेछन्। आवश्यक परे छलफल पनि हुनेछ। त्यसपछि विधेयक प्रतिनिधिसभामा पेस हुनेछ।

* * *

शिक्षा विधेयक अनिश्चित: सरकारी प्रतिबद्धता र शिक्षकको धैर्य दुवै परीक्षणमा

‘शिक्षा विधेयकमा सरकार षड्यन्त्र गर्दैछ’

विद्यालय शिक्षा विधेयक साउनभित्र पारित गर्ने तयारी

राजनीतिक दाउपेच र स्वार्थ समूहको चलखेलले शिक्षा विधेयक अलपत्र

शिक्षा विधेयकको अलमलः वृहत् बैठक गर्दै महासंघ

शिक्षा विधेयक थाँती राखेर मिडिया काउन्सिल विधेयकतिर

शिक्षक महासंघले भन्यो, ‘२७ बुँदे सहमति नै बटमलाइन’

बोल्यो शिक्षक महासंघ, ‘विधेयकमा सहमति नसमेटिए कडा आन्दोलन’

मन्त्रीको आलटाल, अघि बढाइँदै शिक्षा विधेयक

विद्यालय शिक्षा विधेयक अन्योल : शिक्षकसँगको सहमति अझै अधुरो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *