शिक्षा विधेयक पारित गर्ने समय सकियो, महासंघले बोलायो बैठक

काठमाडौं। विद्यालय शिक्षा विधेयक पारित गर्न दबाब दिंदै आएको नेपाल शिक्षक महासंघले आगमी रणनीति तय गर्न बैठक बोलाएको छ। विधेयक पारित गर्न दिएको समय सकिएपछि महासंघले अब के गर्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएको हो।

विधेयक पारित गर्न महासंघले साउन २१ गतेसम्मको समय दिंदै आन्दोलन गर्ने चेतावनी दिइसकेको छ। यो म्याद सकिए पनि विधेयक संसदीय समितिबाट पारित नभएपछि महासंघले अबको रणनीति तय गर्न बैठक बोलाएको हो।

महासंघको बैठक बिहीबारका लागि बोलाइएको सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन्। विधेयक जारी गर्न आलटाल भइरहेको अवस्थामा अब के गर्ने भन्नेबारे निर्णय गर्न बैठक बोलाइएको उनको भनाइ छ।

यसैबीच, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहीबारकै लागि बोलाइएको छ।

सरकारले आन्दोलनरत शिक्षकसँग असार १५ गतेभित्र विधेयक पारित गर्ने प्रतिबद्धता जनाएको थियो। उक्त म्याद गुज्रिसक्दा पनि पारित नभएपछि महासंघ असन्तुष्ट थियो। त्यसपछि उसले साउन २१ गतेसम्मको म्याद दिएको थियो।

केही विषयमा सहमति नजुटेकाले यो विधेयक समितिबाट पास हुन सकेको छैन। त्यसैले विधेयक संसदमा पेस हुन पाएको छैन। विशेषगरी, शिक्षकको बढुवा, अस्थायी शिक्षकको व्यवस्थापन, र बाल विकास (ईसीडी) शिक्षकका विषयमा फरक–फरक प्रस्ताव आएपछि सहमति हुन नसकेको हो।

* * *

विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित थप समाचारहरू

शिक्षा विधेयकमा छलफल गर्न समितिको बैठक बस्दै

महासंघले दिएको म्याद आज सकिँदै, अब फेरि आन्दोलन ?

कस्तो आउला शिक्षा विधेयक ? के हो २७ बुँदे सहमति ?

शिक्षा विधेयक : के भन्छ निजी क्षेत्र ?

शिक्षा विधेयक : के हो सरकारको नयाँ प्रस्ताव ?

विद्यालय शिक्षा विधेयक संसदमा पेस गर्ने तयारी

शिक्षा विधेयक अनिश्चित: सरकारी प्रतिबद्धता र शिक्षकको धैर्य दुवै परीक्षणमा

‘शिक्षा विधेयकमा सरकार षड्यन्त्र गर्दैछ’

विद्यालय शिक्षा विधेयक साउनभित्र पारित गर्ने तयारी

राजनीतिक दाउपेच र स्वार्थ समूहको चलखेलले शिक्षा विधेयक अलपत्र

शिक्षा विधेयकको अलमलः वृहत् बैठक गर्दै महासंघ

शिक्षा विधेयक थाँती राखेर मिडिया काउन्सिल विधेयकतिर

शिक्षक महासंघले भन्यो, ‘२७ बुँदे सहमति नै बटमलाइन’

बोल्यो शिक्षक महासंघ, ‘विधेयकमा सहमति नसमेटिए कडा आन्दोलन’

मन्त्रीको आलटाल, अघि बढाइँदै शिक्षा विधेयक

विद्यालय शिक्षा विधेयक अन्योल : शिक्षकसँगको सहमति अझै अधुरो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *