शिक्षा विधेयक अनिश्चित: सरकारी प्रतिबद्धता र शिक्षकको धैर्य दुवै परीक्षणमा

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतका विभिन्न संसदीय समितिहरूको बैठक आज आइतबार बस्दैछन्। तर, धेरैको ध्यान भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अड्किएको ‘विद्यालय शिक्षा विधेयक’ तिर छ। सरकारले शिक्षकहरूसँग गरेको महत्त्वपूर्ण प्रतिबद्धता विपरीत यो विधेयक संसदीय समितिमै अल्झिएको छ, जसले यसको भविष्य अनिश्चित बनाएको छ।

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘मिडिया काउन्सिल विधेयक, २०८०’ मा विज्ञहरूसँग छलफल गर्दैछ। तर, प्रतीक्षित विद्यालय शिक्षा विधेयकमा भने छलफल कहिले हुन्छ भन्ने टुङ्गो छैन। यो विधेयक समितिले लगभग टुङ्गोमा पुर्‍याएको भनिए पनि, अन्तिम समयमा आएर शिक्षामन्त्री रघुजी पन्तले केही विषयमा सहमति जुटाउनुपर्ने भन्दै समय मागेका थिए।

उनले पटकपटक समय मागेर समितिको बैठक स्थगित गराउँदै आएका छन्। पछिल्ला दिनहरूमा समितिको बैठक बसे पनि शिक्षा विधेयकमाथि कुनै छलफल हुन सकेको छैन। समितिका केही सदस्यहरूले यो विषय उठाउँदा पनि त्यसमाथि बहस हुन पाएको छैन।

प्रतिबद्धता भुलेको सरकार, आन्दोलनको चेतावनीमा शिक्षक महासंघ

सरकारले शिक्षकहरूसँग गत वैशाख १७ गते वार्ता गरेर असार १५ गतेभित्रै शिक्षा विधेयक संसदबाट पारित गर्ने प्रतिबद्धता जनाएको थियो। तर, त्यो समयसीमा धेरै अघि नै गुज्रिसकेको छ र सरकारले पछिल्ला दिनहरूमा विधेयकमा खासै चासो नदेखाएको समितिका सदस्यहरू बताउँछन्।

समितिका सभापति अम्मरबहादुर थापा भने विधेयक समितिले रोकेको नभई सरकार, सत्तारुढ दल र नेपाल शिक्षक महासंघको आ-आफ्नै अडानका कारण विधेयक अलपत्र परेको दाबी गर्छन्।

यसबीच, नेपाल शिक्षक महासंघले विधेयक पारित गर्न भइरहेको ढिलाइप्रति कडा असन्तुष्टि व्यक्त गर्दै आएको छ। यदि यथाशीघ्र विधेयक पारित नभए फेरि आन्दोलनमा उत्रिने चेतावनी महासंघले दिइसकेको छ। यसअघि लामो समयसम्म आन्दोलन गरेको महासंघले गत चैत मध्यदेखि करिब एक महिनासम्म काठमाडौंकेन्द्रित सडक आन्दोलन गरेको थियो। त्यही आन्दोलनपछि सरकारले असार १५ भित्र विधेयक पारित गर्ने सहमति गरेको थियो।

यसले गर्दा, अहिले शिक्षा विधेयकको भविष्य त्रिशंकुमा छ। सरकारले आफ्नो प्रतिबद्धता पूरा गर्छ वा शिक्षकहरू फेरि आन्दोलित हुन्छन्, त्यो हेर्न बाँकी नै छ।

* * *

‘शिक्षा विधेयकमा सरकार षड्यन्त्र गर्दैछ’

विद्यालय शिक्षा विधेयक साउनभित्र पारित गर्ने तयारी

राजनीतिक दाउपेच र स्वार्थ समूहको चलखेलले शिक्षा विधेयक अलपत्र

शिक्षा विधेयकको अलमलः वृहत् बैठक गर्दै महासंघ

शिक्षा विधेयक थाँती राखेर मिडिया काउन्सिल विधेयकतिर

शिक्षक महासंघले भन्यो, ‘२७ बुँदे सहमति नै बटमलाइन’

बोल्यो शिक्षक महासंघ, ‘विधेयकमा सहमति नसमेटिए कडा आन्दोलन’

मन्त्रीको आलटाल, अघि बढाइँदै शिक्षा विधेयक

विद्यालय शिक्षा विधेयक अन्योल : शिक्षकसँगको सहमति अझै अधुरो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *