‘शिक्षा विधेयकमा सरकार षड्यन्त्र गर्दैछ’

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामती विधेयकमा जस्तै विद्यालय शिक्षा विधेयकमा पनि वर्तमान सरकारले षड्यन्त्र गरेको गम्भीर आरोप लगाएका छन्।

काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। अहिलेको सरकारलाई ‘जालझेल, ठगी, भ्रष्टाचार र बेइमानी सरकारको परिभाषा जस्तो’ भएको प्रचण्डले टिप्पणी गरे।

विद्यालय शिक्षा विधेयकलाई संसदमा पुर्याउन आफ्नो नेतृत्वमा धेरै मेहनत भएको दाबी पनि उनले गरे। ‘हाम्रै नेतृत्वको सरकार नभएको भए अघिल्लो शिक्षक आन्दोलनको बेला त्यसरी शिक्षकसँग त्यो रूपमा सम्झौता हुन सक्दैनथ्यो’ प्रचण्डले भने, ‘हाम्रै नेतृत्वको सरकारको कारण शिक्षकसँग सहमति भयो।’

सहमतिअनुसार विधेयकको मस्यौदा तयार गर्न पनि आफ्नो नेतृत्वकै भूमिका रहेको उनको भनाइ छ। तर, पछि सदनमा पुर्याउने प्रक्रियामा विधेयकमाथि चलखेल र छेडखानी भएको प्रचण्डले उल्लेख गरे।

संघीय निजामती विधेयकमा भएको छेडखानीको घटनालाई स्मरण गराउँदै उनले शिक्षा विधेयकमा पनि त्यस्तै भएको दाबी गरे। प्रचण्डले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक र शिक्षक आन्दोलनलाई अपमानित गरेको आरोप पनि लगाए।

‘तपाईंहरूको लामो आन्दोलनको क्रममा पनि त्यो आन्दोलनलाई अपमानित गर्ने, शिक्षकहरूलाई अपमानित गर्ने र स्वयं प्रधानमन्त्रीले नै बडो नग्न रूपमा हमला गर्नुभयो। आन्दोलनमाथि र आम शिक्षकहरूमाथि पनि’ उनले भने।

असार १५ भित्र विद्यालय शिक्षा ऐन बनाइन्छ भनेर सरकारले गरेको प्रतिबद्धता विपरीत फेरि जालझेल र चलखेल भएको उनले औंल्याए।

* * *

विद्यालय शिक्षा विधेयक साउनभित्र पारित गर्ने तयारी

राजनीतिक दाउपेच र स्वार्थ समूहको चलखेलले शिक्षा विधेयक अलपत्र

शिक्षा विधेयकको अलमलः वृहत् बैठक गर्दै महासंघ

शिक्षा विधेयक थाँती राखेर मिडिया काउन्सिल विधेयकतिर

शिक्षक महासंघले भन्यो, ‘२७ बुँदे सहमति नै बटमलाइन’

बोल्यो शिक्षक महासंघ, ‘विधेयकमा सहमति नसमेटिए कडा आन्दोलन’

मन्त्रीको आलटाल, अघि बढाइँदै शिक्षा विधेयक

विद्यालय शिक्षा विधेयक अन्योल : शिक्षकसँगको सहमति अझै अधुरो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *