शिक्षा विधेयकमा छलफल सुरु, बढुवाबारे आयो ३ खाले प्रस्ताव

काठमाडौं। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथि छलफल सुरु भएको छ। परामर्श उपसमितिले सहमतिको आधारमा तयार पारेको प्रस्तावलाई सभापति अम्मरबहादुर थापाले बैठकमा प्रस्तुत गरेका छन्।

त्यही प्रस्तावमा समितिका सदस्यहरूबीच छलफल भइरहेको हो। उपसमितिको प्रस्तावमा शिक्षकको बढुवा अब तीन प्रकारबाट गरिने उल्लेख छ । यसैगरी, शिक्षकको कार्यसम्पादन मूल्याङ्कनको अंकभारलाई घटाएर ८० बनाउने प्रस्ताव पनि गरिएको छ।

प्रस्तावमा शिक्षक महासंघको सदस्य रहेको शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा उनको सदस्यता प्रधानाध्यापक रहुन्जेलसम्मका लागि स्वतः निष्क्रिय हुने व्यवस्था गरिएको छ। यसका साथै, महासंघको सदस्य भएकै कारणले कुनै पनि शिक्षकले आफ्नो जिम्मेवारी वा दायित्वबाट कुनै किसिमको छुट नपाउने कुरा पनि प्रस्तावमा स्पष्ट पारिएको छ।

पूर्ण छात्रवृत्तिको सम्बन्धमा, निजी लगानीमा सञ्चालित विद्यालयहरूले शिक्षासम्बन्धी प्रचलित कानुनमा तोकिएबमोजिम प्रदान गर्नुपर्ने छात्रवृत्तिलाई अब पूर्ण छात्रवृत्तिको रूपमा उपलब्ध गराउनुपर्ने प्रस्ताव गरिएको छ।

यो विधेयक गत २२ असारमै पारित गर्ने तयारी गरिएको थियो। तर, शिक्षक महासंघको मागका विषयमा फरकफरक प्रस्ताव आएपछि शिक्षामन्त्री रघुजी पन्तले सहमतिका लागि समय मागेका थिए। त्यसपछि समितिले उनलाई पाँच दिनको समय दिएको थियो।

यस्तो आयो उपसमितिको प्रस्ताव

विधेयकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्नेगरी प्रस्ताव गरिएको छ। समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव प्रस्तुत गरिएको हो।

त्यस अनुसार, शिक्षकको बढुवाबारे तीन वटा व्यवस्था प्रस्तुत गरिएको छ। शिक्षकको बढुवा अन्तर्गत समावेश भएको आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको सट्टा तीन व्यवस्था प्रस्ताव गरिएको हो।

परामर्श उपसमितिले तयार पारेको व्यवस्थासम्बन्धी तीन व्यवस्थामा आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमताको मूल्यांकन भन्ने राखिएको छ।

समितिमा अहिले मन्त्री पन्त र अन्य सदस्यहरूले आफ्नो धारणा राख्ने काम भइरहेको छ।

* * *

विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित थप समाचारहरू

शिक्षा विधेयक पारित गर्ने समय सकियो, महासंघले बोलायो बैठक

शिक्षा विधेयकमा छलफल गर्न समितिको बैठक बस्दै

महासंघले दिएको म्याद आज सकिँदै, अब फेरि आन्दोलन ?

कस्तो आउला शिक्षा विधेयक ? के हो २७ बुँदे सहमति ?

शिक्षा विधेयक : के भन्छ निजी क्षेत्र ?

शिक्षा विधेयक : के हो सरकारको नयाँ प्रस्ताव ?

विद्यालय शिक्षा विधेयक संसदमा पेस गर्ने तयारी

शिक्षा विधेयक अनिश्चित: सरकारी प्रतिबद्धता र शिक्षकको धैर्य दुवै परीक्षणमा

‘शिक्षा विधेयकमा सरकार षड्यन्त्र गर्दैछ’

विद्यालय शिक्षा विधेयक साउनभित्र पारित गर्ने तयारी

राजनीतिक दाउपेच र स्वार्थ समूहको चलखेलले शिक्षा विधेयक अलपत्र

शिक्षा विधेयकको अलमलः वृहत् बैठक गर्दै महासंघ

शिक्षा विधेयक थाँती राखेर मिडिया काउन्सिल विधेयकतिर

शिक्षक महासंघले भन्यो, ‘२७ बुँदे सहमति नै बटमलाइन’

बोल्यो शिक्षक महासंघ, ‘विधेयकमा सहमति नसमेटिए कडा आन्दोलन’

मन्त्रीको आलटाल, अघि बढाइँदै शिक्षा विधेयक

विद्यालय शिक्षा विधेयक अन्योल : शिक्षकसँगको सहमति अझै अधुरो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *