चुलाचुली रङ्गमञ्चद्वारा वृत्तचित्र प्रदर्शन र कृति विमोचन

इलाम । चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो।

उक्त कृतिलाई कार्यक्रमका प्रमुख अतिथि चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, अग्रज साहित्यकार तथा कलाकार ज्ञानोदय लावती, रङ्गकर्मी कविता नेपाल र लेखक सुमन लिङदेनले संयुक्त रूपमा विमोचन गरे।

कार्यक्रममा विमोचित नाटक किताबमाथि पत्रकार भुपेन्द्र तिमल्सिना र चुलाचुली वडा नम्बर १ का अध्यक्ष पूर्ण लावती ‘धुर्व’ ले टिप्पणी गरे।

समारोहमा रङ्गमञ्चको २१ मिनेट लामो वृत्तचित्र प्रदर्शन गरिनुका साथै एक दर्जनभन्दा बढी कविहरूले आ-आफ्ना कविता तथा रचना वाचन गरेका थिए।

सोही अवसरमा नाटक ‘झोडा’ का निर्माता सुरेश माङपाङ राई र ‘उर्फ दारासिङ’ का निर्माता सुमन राईलाई दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मानित गरियो।

चुलाचुली रङ्गमञ्चका अध्यक्ष चेतन आङथुपोको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा ६५ जनाभन्दा बढी सर्जकहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन कवि दधिराम ढकाल र रङ्गमञ्चका सचिव सन्तोष गिरीले गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *