शिक्षा विधेयकमा छलफल गर्न समितिको बैठक बस्दै

काठमाडौं। विद्यालय शिक्षा विधेयकमा बिहीबार छलफल हुने भएको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयकबारे छलफल गर्न बिहीबार बिहान १० बजे बैठक बोलाएको छ।

केही विषयमा सहमति नजुटेकाले यो विधेयक समितिबाट पास हुन सकेको छैन। त्यसैले विधेयक संसदमा पेस हुन पाएको छैन। विशेषगरी, शिक्षकको बढुवा, अस्थायी शिक्षकको व्यवस्थापन, र बाल विकास (ईसीडी) शिक्षकका विषयमा फरक–फरक प्रस्ताव आएपछि सहमति हुन नसकेको हो।

शिक्षामन्त्री रघुजी पन्तले शिक्षकका मागबारे शिक्षक महासंघसँग छलफल गर्न समय मागेकाले समितिको बैठक रोकिएको थियो। अहिले मन्त्रालयले महासंघसँग छलफल गरिसकेपछि समितिको बैठक बोलाइएको हो।

शिक्षक महासंघसँग भएको सहमतिअनुसार विधेयक असार १५ भित्रै पारित गर्नुपर्ने थियो। यसअघि शिक्षा ऐनको माग राख्दै शिक्षक महासंघले चैतमा २९ दिनसम्म आन्दोलन गरेको थियो।

त्यसयता पटक पटक छलफल भए पनि सहमति जुट्न सकेको छैन। महासंघले साउन २१ गतेभित्र विधेयक पारित हुनुपर्ने पछिल्लो माग राखेको थियो। त्यसो नभए फेरि कडा आन्दोलन गर्ने महासंघले चेतावनी दिएको थियो।

* * *

विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित थप समाचारहरू

महासंघले दिएको म्याद आज सकिँदै, अब फेरि आन्दोलन ?

कस्तो आउला शिक्षा विधेयक ? के हो २७ बुँदे सहमति ?

शिक्षा विधेयक : के भन्छ निजी क्षेत्र ?

शिक्षा विधेयक : के हो सरकारको नयाँ प्रस्ताव ?

विद्यालय शिक्षा विधेयक संसदमा पेस गर्ने तयारी

शिक्षा विधेयक अनिश्चित: सरकारी प्रतिबद्धता र शिक्षकको धैर्य दुवै परीक्षणमा

‘शिक्षा विधेयकमा सरकार षड्यन्त्र गर्दैछ’

विद्यालय शिक्षा विधेयक साउनभित्र पारित गर्ने तयारी

राजनीतिक दाउपेच र स्वार्थ समूहको चलखेलले शिक्षा विधेयक अलपत्र

शिक्षा विधेयकको अलमलः वृहत् बैठक गर्दै महासंघ

शिक्षा विधेयक थाँती राखेर मिडिया काउन्सिल विधेयकतिर

शिक्षक महासंघले भन्यो, ‘२७ बुँदे सहमति नै बटमलाइन’

बोल्यो शिक्षक महासंघ, ‘विधेयकमा सहमति नसमेटिए कडा आन्दोलन’

मन्त्रीको आलटाल, अघि बढाइँदै शिक्षा विधेयक

विद्यालय शिक्षा विधेयक अन्योल : शिक्षकसँगको सहमति अझै अधुरो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *