शिक्षा विधेयक पारित गर्ने तयारी, बढुवा विवाद टुंगिएको दाबी

काठमाडौँ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ। लामो समयदेखि विचाराधीन रहेको यो विधेयक अबको बैठकबाट टुङ्गो लगाउने समितिको योजना छ। समितिको बैठक आज बिहीबार दिउँसो बस्दैछ।

विधेयकमा मुख्यतया तीनवटा विषयमा विवाद देखिएको थियो। ती विवादित विषयमा सहमति जुटेपछि समितिले विधेयक पारित गर्न बैठक बोलाएको हो।

विधेयकमा सबैभन्दा धेरै विवाद शिक्षकको आवधिक बढुवाका लागि चाहिने कार्यसम्पादन मूल्याङ्कनको अंकमा थियो। यसअघि एमाले सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा रहेको उपसमितिले ९० अंकको प्रस्ताव गरेको थियो।

शिक्षक महासंघले यसमा असहमति जनाएपछि विवाद बढेको थियो। लामो छलफलपछि अहिले ९० अंकलाई घटाएर ८० बनाउने सहमति भएको समितिका एक सदस्यले जानकारी दिएका छन्।

निजामती कर्मचारीको बढुवामा ९५ अंक चाहिने भए पनि शिक्षकका लागि भने ८० अंक पर्याप्त हुनेमा सहमति भएको उनको भनाइ छ। यसअनुसार अब शिक्षकको बढुवा ज्येष्ठता र कार्यसम्पादन, आन्तरिक प्रतियोगिता, र कार्यक्षमताको मूल्याङ्कनका आधारमा हुने भएको छ।

शिक्षकको बढुवामा सहमति जुटे पनि अझै केही विषयमा विवाद बाँकी नै छ। अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति कसरी गर्ने भन्नेमा शिक्षक महासंघ र समितिबीच फरक–फरक अडान छ। समितिले आन्तरिकतर्फ ६० प्रतिशत र खुलातर्फ ४० प्रतिशत पदपूर्ति गर्ने सहमति गरेको छ। शिक्षक महासंघले भने आन्तरिकतर्फ ७५ प्रतिशत र खुलातर्फ २५ प्रतिशत हुनुपर्ने माग गरिरहेको छ।

यस्तै, बालविकास (ईसीडी) मा कार्यरत कर्मचारीलाई शिक्षक मान्ने वा नमान्ने भन्नेमा पनि कुनै निर्णय भएको छैन। यद्यपि, बालविकासलाई विद्यालयको संरचनाभित्र राख्ने र २ वर्षको बनाउनेमा भने सहमति भएको छ। उनीहरूको तलब–भत्ता र अन्य व्यवस्थापन स्थानीय सरकारले आफ्नो कानुनअनुसार गर्ने गरी टुङ्गो लगाउने तयारी छ।

यसैबीच, समितिले विधेयक पारित गर्ने तयारी गरिरहेका बेला शिक्षक महासंघले पनि आफ्नो बैठक बोलाएको छ। सरकारलाई विधेयक जारी गर्न दिएको अल्टिमेटम सकिएपछि महासंघले अब कसरी अगाडि बढ्ने भनेर छलफल गर्ने जनाएको छ।

समितिले गरेको निर्णय हेरेर महासंघले आफ्नो धारणा सार्वजनिक गर्ने र आवश्यक परे आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी पनि गरेको छ। यसले गर्दा विधेयक पारित भए पनि यसको कार्यान्वयनमा फेरि चुनौती आउन सक्ने देखिन्छ।

* * *

विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित थप समाचारहरू

शिक्षा विधेयक पारित गर्ने समय सकियो, महासंघले बोलायो बैठक

शिक्षा विधेयकमा छलफल गर्न समितिको बैठक बस्दै

महासंघले दिएको म्याद आज सकिँदै, अब फेरि आन्दोलन ?

कस्तो आउला शिक्षा विधेयक ? के हो २७ बुँदे सहमति ?

शिक्षा विधेयक : के भन्छ निजी क्षेत्र ?

शिक्षा विधेयक : के हो सरकारको नयाँ प्रस्ताव ?

विद्यालय शिक्षा विधेयक संसदमा पेस गर्ने तयारी

शिक्षा विधेयक अनिश्चित: सरकारी प्रतिबद्धता र शिक्षकको धैर्य दुवै परीक्षणमा

‘शिक्षा विधेयकमा सरकार षड्यन्त्र गर्दैछ’

विद्यालय शिक्षा विधेयक साउनभित्र पारित गर्ने तयारी

राजनीतिक दाउपेच र स्वार्थ समूहको चलखेलले शिक्षा विधेयक अलपत्र

शिक्षा विधेयकको अलमलः वृहत् बैठक गर्दै महासंघ

शिक्षा विधेयक थाँती राखेर मिडिया काउन्सिल विधेयकतिर

शिक्षक महासंघले भन्यो, ‘२७ बुँदे सहमति नै बटमलाइन’

बोल्यो शिक्षक महासंघ, ‘विधेयकमा सहमति नसमेटिए कडा आन्दोलन’

मन्त्रीको आलटाल, अघि बढाइँदै शिक्षा विधेयक

विद्यालय शिक्षा विधेयक अन्योल : शिक्षकसँगको सहमति अझै अधुरो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *