संसद बैठक स्थगित, शिक्षा विधेयक कहिले ?

काठमाडौं । प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले संघीय निजामती सेवा विधेयक पारित गरेसँगै स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले अर्काे बैठक असार २३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

आज असार १५ गते विद्यालय शिक्षा विधेयक संसदमा पेश भइ पारित गर्ने सहमति सरकारले शिक्षकहरुसँग गरेको थियो । उक्त विधेयकमाथि संसदीय समितिमा छलफल टुंगिएको छैन ।

समितिका सभापति अम्मरबहादुर थापाले छलफल सकेर संसदमा विधेयक पेश गर्ने बताउँदै आएका थिए । समितिका केही सदस्यहरुले अझै पनि केही विषयहरुमा टुंगो लगाउनु पर्ने भएकाले केही दिन लाग्ने बताउँदै आएका छन् ।

आज बसेको समितिको बैठकका क्रममा सिंहदरबारमै पुगेर शिक्षक प्रतिनिधिले सांसदहरूलाई दबाब दिएका थिए । नेपालशिक्षक महासंघ सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा शिक्षकको टोली सिंहदरबारमा पुगेको थियो ।

ऐन जारी गर्न माग गर्दै महासंघको अगुवाई र आह्वानमा शैक्षिक हड्तालसँगै काठमाडौं केन्द्रित आन्दोलन भएको थियो । सरकारले वैशाख १७ गते वार्ता गरी असार १५ गतेभित्र ऐन जारी गर्ने सहमति गरेको थियो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन आजै संसद्मा पेस हुने बताएका थिए । संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो बताएका थिए ।

सुनुवाइ समितिको बैठकमा आफू बोलेर निस्कन अनुमति माग्दै घिमिरेले विद्यालय शिक्षा विधेयकमा छलफल गर्न जानुपर्ने बताएका थिए । संसदीय समितिमा छलफल नटुंगिएको अनि संसद बैठक पनि स्थगित भएको अवस्थामा अब कहिले विद्यालय शिक्षा विधेयक पारित हुन्छ भन्ने अन्योल देखिएको छ ।

शिक्षा विधेयक असार १५ मा ‘असम्भव’

संसदमा उठ्यो प्रश्न, ‘कहाँ गयो शिक्षा विधेयक ?’

शिक्षकहरूसँगको ९ बुँदे सहमति साउनदेखि लागू हुने

‘शिक्षकका ९ बुँदे मागप्रति प्रतिबद्ध छौं’

निजी विद्यालयलाई गैरनाफामूलक बनाइने

बालविकास शिक्षा २ वर्षे बनाउने सहमति

शिक्षा विधेयकमा समेटियो एसईई

शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन समितिलाई बुझाइयो (यस्तो छ प्रतिवेदन)

शिक्षक-कर्मचारी आन्दोलन स्थगित, शिक्षा ऐन असार १५ भित्र जारी हुने

के हुन् शिक्षक-कर्मचारीका माग ?

शिक्षा विधेयक : अहिलेसम्म के के विषयमा जुट्यो सहमति ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *