निजी विद्यालयलाई गैरनाफामूलक बनाइने

काठमाडौं । निजी विद्यालयलाई क्रमशः सेवामूलक, लोककल्याणकारी र गैरनाफामूलक बनाइने भएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको विद्यालय शिक्षा विधेयकमाथि छलफलमा उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

विधेयकमा उपसमितिबाट टुंगो लाग्न नसकेको निजी विद्यालय सञ्चालनका विषयमा भने सांसदहरूबीच मतान्तर देखिएको थियो । निजी विद्यालयलाई अहिलेकै कम्पनी मोडलमा सञ्चालन हुन दिने कि गैरनाफामूलक (गुठी) मा लैजाने भन्ने विषयमा सांसदहरूले फरक तर्क प्रस्तुत गरेका थिए ।

छलफलमा सत्तारूढ कांग्रेस, एमालेका सांसदहरूले मिश्रित धारणा राखेका थिए । प्रतिपक्षी दल माओवादी, रास्वपाका सांसदले निश्चित वर्ष तोकेर निजी विद्यालयलाई गुठीमा लैजानुपर्नेमा जोड दिएका थिए ।

बैठकमा शिक्षामन्त्री रघुजी पन्तले राज्यको लगानी र ध्यान सार्वजनिक शिक्षामा लगाउनुपर्ने बताएका थिए । निजी क्षेत्रलाई निषेध गरेर जाने पक्षमा राज्य नरहेको बताउँदै उनले सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका थिए ।

विधेयकलाई अन्तिम रुप दिन सिंहदरबारस्थित कार्यालयमा समितिको बैठक जारी छ । समितिबाट पारित गरेर उक्त विधेयकलाई संसदमा पेश गरिने समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।

बालविकास शिक्षा २ वर्षे बनाउने सहमति

संसदमा पुग्दै शिक्षा विधेयक


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *