शिक्षा विधेयक : अहिलेसम्म के के विषयमा जुट्यो सहमति ?

काठमाडौं । सरकारले वाचा गरेअनुसार आज असार १५ गते प्रतिनिधिसभाबाट विद्यालय शिक्षा विधेयक पारित हुनु पर्ने हो । अझै केही विषयमा सहमति जुटाउन बाँकी रहेकाले विधेयक संसदमा पेश हुनै पाएको छैन ।

प्रतिनिधिसभामा विशेयध पेश हुन अझै केही दिन लाग्ने देखिएको छ । नेपाल शिक्षक महासंघ र सरकारबीच गत वैशाख १७ गते भएको सहमति अनुसार असार १५ गते प्रतिनिधिसभाबाट विधेयक पारित गर्ने भनिएको थियो ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयक माथिको छलफल तथा पारित गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

निर्धारित मितिमा विधेयक प्रतिनिधिसभामा पेश गर्न सकिने अवस्था नरहेको समितिका सभापति अम्मरबहादुर थापाको भनाइ छ । विधेयक माथिको छलफल अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले अबको २–४ दिनभित्र टुंग्याएर संसदमा पेश गरिने बताए ।

समितिले विधेयकलाई अन्तिम रुप दिन आज आइतबार पनि छलफल गर्दैछ । बिहान ८ः३० बजेका लागि समितिको बैठक बोलाइएको पूर्वशिक्षामन्त्री एवं समिति सदस्य सुमना श्रेष्ठले जानकारी दिइन् ।

यसअघि शुक्रबार र शनिबारको बैठकमा विभिन्न विषयहरुमा सहमति जुटेको उनले बताइन् । निजी विद्यालय सञ्चालन तथा व्यवस्थापन र प्रारम्भिक बाल विकास शिक्षा लगायत विषयमा सहमति भइसकेको जनाइएको छ ।

के के विषयमा भयो सहमति ?

संसदीय उपसमितिले बुझाएको प्रतिवेदनमा सहमतिका कतिपय विषय छुटेको भन्दै शिक्षक महासंघले आपत्ति जनाएपछि ती बुँदाहरुमा केन्द्रित रही समितिले छलफललाई तीव्र बनाएको हो । पछिल्ला बैठकहरुमा गरिएको सहमतिका मुख्य विषय यी हुन्–

–माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन । प्रदेशको जिम्मा दिइने ।

–जिल्लामा शिक्षा विकास तथा समन्वय इकाई राख्ने ।

–निजी विद्यालयको सञ्चालन र व्यवस्थापन ।

–प्रारम्भिक बाल विकास शिक्षाको सञ्चालन ।

–शिक्षकको अस्थायी सेवा गणना गर्ने ।

–शिक्षकहरूको आवधिक बढुवा ।

***

शिक्षा विधेयक असार १५ मा ‘असम्भव’

संसदमा उठ्यो प्रश्न, ‘कहाँ गयो शिक्षा विधेयक ?’

शिक्षकहरूसँगको ९ बुँदे सहमति साउनदेखि लागू हुने

‘शिक्षकका ९ बुँदे मागप्रति प्रतिबद्ध छौं’

निजी विद्यालयलाई गैरनाफामूलक बनाइने

बालविकास शिक्षा २ वर्षे बनाउने सहमति

शिक्षा विधेयकमा समेटियो एसईई

शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन समितिलाई बुझाइयो (यस्तो छ प्रतिवेदन)

शिक्षक-कर्मचारी आन्दोलन स्थगित, शिक्षा ऐन असार १५ भित्र जारी हुने

के हुन् शिक्षक-कर्मचारीका माग ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *