बालविकास शिक्षा २ वर्षे बनाउने सहमति

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिमा बालविकास शिक्षाको विषयमा सहमति जुटेको छ । समितिको जारी बैठकमा सभापति अम्मरबहादुर थापाले बाल विकास शिक्षाको विषयमा प्रस्ताव गरेका थिए । समितिको बैठकमा विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन छलफल भइरहेको छ ।

उक्त प्रस्तावमा समितिका सदस्यहरूले सहमति जनाएका हुन् । बाल विकास शिक्षालाई आधारभूत शिक्षामा समेटिने जनाइएको छ । प्रारम्भिक बाल विकास तथा शिक्षादेखि कक्षा ८ सम्मको विद्यालय शिक्षामा समावेश गरिएको हो ।

बाल विकास शिक्षा सार्वजनिक विद्यालयमा दुई वर्षभन्दा बढी अवधि सञ्चालन गर्न नपाउने व्यवस्था गरिने भएको छ ।

यस्तो छ समितिमा भएको सहमति

–स्थानीय तहले राष्ट्रिय मापदण्डको अधीनमा रही बाल विकासमा सिकाइप्रति उत्सुकता र सकारात्मक सोचको विकास गर्न विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्न अनुमति दिन सक्नेछ । ऐन प्रारम्भिक हुनुअघि सञ्चालनमा रहेका प्रारम्भिक बाल विकास केन्द्रलाई सम्बन्धित स्थानीय तहले प्रत्येक विद्यालयमा कम्तीमा एउटा रहने गरी समायोजन तथा पुनर्वितरण गर्न सक्नेछ ।

–स्रोतको सुनिश्चितता गरी नेपाल सरकारले तोकेको मितिदेखि लागू हुनेगरी सार्वजनिक विद्यालयमा प्रारम्भिक बाल विकास तथा शिक्षालाई दुई वर्षे कार्यक्रमको रूपमा सञ्चालन गर्न सक्नेछ ।

–कुनै पनि विद्यालयले पूर्वप्राथमिक शिक्षालाई २ वर्षभन्दा बढी अवधि हुने गरी सञ्चालन गर्न पाउने छैन ।

–हाल कार्यरत प्रारम्भिक बाल विकास तथा शिक्षामा बाल विकास सहजकर्तालाई खुला प्रतियोगिताबाट हुने परीक्षामा पहिलो पटक सहभागी हुन उमेरको हद लाग्ने छैन ।

संसदमा पुग्दै शिक्षा विधेयक


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *