शिक्षा विधेयकमा समेटियो एसईई

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमाथि अन्तिम चरणको छलफल जारी छ । आज शनिबार भएको छलफलमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को विषयमा विधेयकमा राख्ने सहमति भएको छ ।

सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा यसबारे सहमति जुटेको हो । शिक्षामन्त्री रघुजी पन्तले एसईई प्रदेशबाटै गर्नेगरी प्रस्ताव गरेका थिए ।

उक्त प्रस्ताव अनुसार एसईई प्रदेशबाटै सञ्चालन हुनेगरी सहमति जुटेको हो । यसका लागि प्रदेशले बोर्डसँग समन्वय गर्नेगरी समितिले विधेयकमा प्रस्ताव अघि बढाउने भएको सहमति गरिएको छ ।

यसअघि तयार भएको विधेयकको मस्यौदामा एसईईको विषय राखिएको थिएन । त्यसमा छलफल गरी समितिमा प्रतिवेदन बुझाएको संसदीय उपसमितिले पनि एसईई नराख्ने विषय प्रस्तुत गरेको थियो ।

प्रदेशबाटै एसईई सञ्चालन हुने विषयलाई समितिले पारित गरेकाले अब प्रदेशबाटै उक्त परीक्षा सञ्चालन हुने भएको छ । समितिले छलफल टुंग्याएर विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाउनेछ ।

बालविकास शिक्षा २ वर्षे बनाउने सहमति

शिक्षा विधेयक परिमार्जन, के के भए परिवर्तन ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *