शिक्षा विधेयकमा छलफल हुँदै, शिक्षकको आवधिक बढुवा नहुने

काठमाडौँ। सामुदायिक विद्यालयका शिक्षकले लामो समयदेखि उठाउँदै आएको आवधिक बढुवाको माग अब पूरा नहुने भएको छ। विद्यालय शिक्षा विधेयकमाथि छलफलका क्रममा शिक्षकको बढुवा उनीहरूको कार्यसम्पादन मूल्याङ्कनका आधारमा मात्रै हुने विषयमा सहमति जुटाउन लागिएको छ।

विधेयकमाथि छलफल गर्न आज सोमबार संसदीय उपसमितिको बैठक बसिरहेको छ। संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाका अनुसार विधेयकलाई अन्तिम रुप दिने सन्दर्भमा बैठकमा छलफल भइरहेको हो। उपसमितिको छलफलपछि समितिमा छलफल हुने उनले जानकारी दिए।

समितिका एक सदस्यले जानकारी दिएअनुसार सामुदायिक विद्यालयका शिक्षकको आवधिक बढुवाको विषय अब हटिसकेको छ। कार्यसम्पादन मूल्याङ्कनका आधारमा मात्रै बढुवा हुने व्यवस्था राख्न सहमति कायम भएको उनको भनाइ छ।

समिति सभापति थापाले सरल पत्रिकासँगको कुराकानीमा भने, ‘त्यस विषयमा छलफल भइरहेको छ, अहिले नै यसो भयो नभनौं। यसमा चाँडै सहमति जुटाउने छौं।’

यससँगै अब सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको बढुवा हरेक निश्चित अवधिमा स्वतः नभई उनीहरूले विद्यालयमा गरेको काम र प्रस्तुत गरेको कार्यक्षमताको आधारमा हुनेछ।

यस व्यवस्थाले शिक्षकलाई आफ्नो पेसागत दक्षता बढाउन र विद्यालयको शैक्षिक गुणस्तर सुधारमा थप योगदान पुर्याउन प्रोत्साहन मिल्ने अपेक्षा गरिएको समितिका एक सदस्यले बताए। शिक्षकहरूले भने विगतदेखि नै हरेक ५ वा १० वर्षमा स्वतः बढुवा हुनुपर्ने माग राख्दै आएका थिए।

* * *

विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित थप समाचारहरू

कस्तो आउला शिक्षा विधेयक ? के हो २७ बुँदे सहमति ?

शिक्षा विधेयक : के भन्छ निजी क्षेत्र ?

शिक्षा विधेयक : के हो सरकारको नयाँ प्रस्ताव ?

विद्यालय शिक्षा विधेयक संसदमा पेस गर्ने तयारी

शिक्षा विधेयक अनिश्चित: सरकारी प्रतिबद्धता र शिक्षकको धैर्य दुवै परीक्षणमा

‘शिक्षा विधेयकमा सरकार षड्यन्त्र गर्दैछ’

विद्यालय शिक्षा विधेयक साउनभित्र पारित गर्ने तयारी

राजनीतिक दाउपेच र स्वार्थ समूहको चलखेलले शिक्षा विधेयक अलपत्र

शिक्षा विधेयकको अलमलः वृहत् बैठक गर्दै महासंघ

शिक्षा विधेयक थाँती राखेर मिडिया काउन्सिल विधेयकतिर

शिक्षक महासंघले भन्यो, ‘२७ बुँदे सहमति नै बटमलाइन’

बोल्यो शिक्षक महासंघ, ‘विधेयकमा सहमति नसमेटिए कडा आन्दोलन’

मन्त्रीको आलटाल, अघि बढाइँदै शिक्षा विधेयक

विद्यालय शिक्षा विधेयक अन्योल : शिक्षकसँगको सहमति अझै अधुरो


प्रतिक्रिया

2 thoughts on “शिक्षा विधेयकमा छलफल हुँदै, शिक्षकको आवधिक बढुवा नहुने

  1. पहिलेको ब्यबस्था नै कायम हुने भए
    अग्रगामी शिक्षाएेन र 29 दिने शैक्षिक आन्दोलनको के औचित्य?

Leave a Reply

Your email address will not be published. Required fields are marked *