शिक्षा विधेयक ल्याउन दबाब दिंदै शिक्षकहरू सिंहदरबारमा

काठमाडौं । आज असार १५ । परम्परागत रूपमा दही चिउरा खाने दिन । यही दिनको म्याद राखेर सरकारले विद्यालय शिक्षा विधेयक पारित गर्ने वाचा गरेको थियो ।

विधेयक पारित गरी ऐन जारी गर्ने भनेर सरकारले नेपाल शिक्षक महासंघसँग सहमति गरेको थियो । सहमतिअनुसार आज असार १५ गते विधेयक पारित हुनुपर्ने हो ।

यसो भए पनि विधेयकलाई संसदीय समितिले टुंग्याउन सकेको छैन । समितिले टुंग्याएर संसदमा पेश गरेपछि मात्र पारित गर्ने प्रक्रिया अघि बढ्छ ।

ऐन जारी गर्न माग गर्दै महासंघको अगुवाई र आह्वानमा शैक्षिक हड्तालसँगै काठमाडौं केन्द्रित आन्दोलन भएको थियो । सरकारले वैशाख १७ गते वार्ता गरी असार १५ गतेभित्र ऐन जारी गर्ने सहमति गरेको थियो ।

विधेयकलाई अन्तिम रुप दिन समितिमा छलफल जारी छ । धेरै विषयको टुंगो लागिसकेको केही बाँकी रहेको समितिले जनाएको छ । बिहानैदेखि शिक्षक महासंघको टोली सिंहदरबारस्थित शिक्षा समितिको कार्यालयमा पुगेर सांसदहरूलाई दबाब दिइरहेका छन् ।

शिक्षक महासंघ सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा शिक्षकको टोली सिंहदरबारमा पुगेको हो । संसदीय समितिको कार्यालय अगाडि पुगेर महासंघका प्रतिनिधिहरुले समितिका सदस्य एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ, सांसद चन्द्र भण्डारी लगायतसँग भेट गरी विधेयकलाई चाँडो अन्तिम रुप दिइ संसदम लैजान आग्रह गरेका थिए ।

शनिबार साँझसम्म चलेको बैठक आज फेरि बस्ने भएको छ । बैठकमा सहमति गर्न बाँकी विषयलाई टुंग्याइने सभापति अम्मरबहादुर थापाले बताए ।

***

शिक्षा विधेयक असार १५ मा ‘असम्भव’

संसदमा उठ्यो प्रश्न, ‘कहाँ गयो शिक्षा विधेयक ?’

शिक्षकहरूसँगको ९ बुँदे सहमति साउनदेखि लागू हुने

‘शिक्षकका ९ बुँदे मागप्रति प्रतिबद्ध छौं’

निजी विद्यालयलाई गैरनाफामूलक बनाइने

बालविकास शिक्षा २ वर्षे बनाउने सहमति

शिक्षा विधेयकमा समेटियो एसईई

शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन समितिलाई बुझाइयो (यस्तो छ प्रतिवेदन)

शिक्षक-कर्मचारी आन्दोलन स्थगित, शिक्षा ऐन असार १५ भित्र जारी हुने

के हुन् शिक्षक-कर्मचारीका माग ?

शिक्षा विधेयक : अहिलेसम्म के के विषयमा जुट्यो सहमति ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *