हरियो धनियाँमा भेटियो ९९ प्रतिशतभन्दा बढी विषादी
प्रतीकात्मक तस्बिर
काठमाडौं। काठमाडौंको कालीमाटीस्थित तरकारी बजारमा राखिएको हरियो धनियाँमा ९९ प्रतिशतभन्दा बढी मात्रामा विषादी पाइएको छ। उक्त धनियाँ काभ्रेपलाञ्चोकबाट ल्याइएको हो। विषादीको मात्रा धेरै भएकाले उक्त धनियाँ उपभोग अयोग्य रहेको जनाइएको छ।
उक्त बजारमा मंगलबार ल्याइएको काभ्रेको धनियाँमा ‘अर्गानोफस्फेट’ नामक विषादी ९९.३७९ प्रतिशत भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
कालीमाटी बजारमा राखिएका १७ प्रकारका तरकारी र फलफूलको नमुना लिएर केन्द्रीय कृषि प्रयोगशालामा परीक्षण गरिएको थियो। त्यसा क्रममा हरियो धनियाँमा ९९ प्रतिशतभन्दा बढी विषादी भेटिएको हो।
सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ। ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ भने ४५ प्रतिशतभन्दा बढी विषादी भए उपभोगका लागि अयोग्य मानिएको छ।
हरित सहर अभियान र गर्ग्यानिक खेतीका अगुवा दूर्जेय चेतना अचेल कृषिजन्य उत्पादनहरूमा अत्यधिक विषादी भेटिने गरेको बताउँछन्। घरैमा, छत, करेसाबारी जताततै उब्जाउन सकिने खालका तरकारी र फलफूलमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
‘हाम्रो कौसी र करेसाबारी क्रान्ति’ फेसबुक पेजमार्फत उनको अगुवाईमा अर्ग्यानिक खेती गर्ने अभियानै चलेको छ। काठमाडौंसहित देश र विदेशमा समेत सदस्य रहेका उक्त पेजमा यस्तो खेती कसरी गर्ने जस्ता जानकारीहरु आदान प्रदान गर्ने गरिएको छ।
पेजका सदस्यहरु बेला बेला भेला भएर आपसमा अनुभव आदानप्रदान गर्ने गर्छन। आफूसँग भएका बीउबिजन पनि साटासाट गर्ने गरिएको छ।
‘धनियाँ, पुदिना, सागसब्जी र फलफूल आफैं लगाएर प्रयोग गर्दा विषादी खानु पर्दैन’ दूर्जेय भन्छन्, ‘हाम्रो अभियानले धेरै परिवार आत्मनिर्भर भएको छ।’

बिषादि मुक्त बाताबरण मा सबै सबैले सहभागी हुँदै अघि बढौं
कारण यहि हाे
अधिकतम बिषादि प्रयाेग गर्छनब्यापारि हरु
हाम्राे कौसि तथा करेसा वारि क्रान्ति का सबै टिम हरु मा ध्यानाकर्षण हाेस