कौसी र करेसाबारी खेतीमा सक्रिय पोखरेली अभियन्ताको भेला

पोखरा। न कुनै मञ्च, न कोही प्रमुख अतिथि न त कुनै तडकभक। सहभागी सबै विशेष अतिथि। परिचय, अनुभव आदानप्रदान अनि आवश्यक सीप र तौरतरिकाबारे जानकारीमूलक मन्तव्य। पोखराको न्युरोड, दमकल मार्गमा सामान्य तरिकाले भएको कार्यक्रम भने महत्वपूर्ण थियो। विषय हो– कौसी र करेसाबारी खेती।

कार्यक्रममा लामो समयदेखि कौसी र करेसाबारी खेतीमा लागिपरेका अनि केही नयाँबीच अन्तरक्रिया गरिएको थियो। आफ्नै घरको कौसी र करेसाबारीमा अर्ग्यानिक तरकारी र फलफूल उब्जाएर प्रयोग गर्ने अभियानका अभियन्ताहरुको भेला थियो त्यो। फेसबुकमा रहेको ‘हाम्रो कौसी र करेसाबारी क्रान्ति’ पेजमा सदस्य रहेका अनि पेजका एडमिन र मोडरेटरहरु भेलामा सहभागी भएका थिए। भेलाका अधिकांश सहभागी महिला थिए।

‘पारिको होइन अब बारीको’ भन्ने मूल उद्देश्यसहित उक्त पेजका सदस्यहरुले कौसी, करेसाबारी जेजस्तो ठाउँ आफ्नो घरमा उपलब्ध छ, त्यहीँ केही न केही उब्जाएर प्रयोग गर्ने गरेका छन्। विषादीरहित अर्ग्यानिक वस्तु प्रयोग गर्न यो समूहले जोड दिंदै आएको छ।

उक्त पेजकी मोडरेटरमध्ये एक सरस्वती अधिकारी थापा, कृष्णा श्रेष्ठ लगायतको टोलीले पोखरामा आयोजना गरेको कार्यक्रममा करिब ५० जना सहभागी थिए। सहभागीहरुलाई फूलका गुच्छा दिएर स्वागत गरिएको थियो। कार्यक्रमको फेसबुक पेजमा लाइभ प्रसारण पनि गरिएको थियो। उक्त प्रसारण नेपालभरि तथा विभिन्न मुलुकमा रहेका पेजका सदस्यहरुले अवलोकन गरेका थिए।

कौसी र करेसाबारी खेती के हो?, कसरी गर्ने?, विधि र तौरतरिका केकस्ता हुन्छन्? फाइदा के हुन्छ? अर्ग्यानिक तरिका कसरी सफल पार्ने जस्ता विषयमा विस्तृत अन्तरक्रिया गरिएको थापाले जानकारी दिइन्।

कार्यक्रममा सहभागीहरुले आफूसँग भएका बिउ बिजन लिएर आएका थिए। ती बिउबिजन एकअर्कामा साटासाट गरिएको थियो।

साधारण तरिकाले कार्यक्रम गर्ने आफूहरुको विशेषता अनुसार समूहका सदस्यकै घरआँगनमा कार्यक्रम गरिएको थापाले बताइन्। व्यावहारिक जानकारी महत्वपूर्ण हुने भएकाले सकेसम्म यस्ता कार्यक्रम कौसी र करेसाबारीमै गर्ने गरेको उनको भनाइ छ।

पोखरामा पनि उक्त पेजका उल्लेख्य संख्यामा सदस्य छन्। तीमध्ये १२ जना ग्रुप एक्सपर्ट छन् भने दुई जना मोडरेटरका रुपमा सक्रिय छन्। गत वर्ष पनि यस्तै कार्यक्रम गरिएको थियो। यसका साथै करिब १०० जना सहभागीलाई भेला गराएर दुईवटा समूहमा गँड्यौला मल बनाउने तरिका सिकाइएको थियो।

बिरुवाहरुमा लगाइने झोल मल बनाउने तरिका पनि जानकारी गराउन बेग्लै कार्यक्रम गरिएको थियो। त्यस क्रममा गमलामा माटोको तयारी कसरी गर्ने जस्ता जानकारी पनि दिइएको थियो।

पोखरामा बिहीवार भएको भेलामा पेजका मोडरेटरद्वय सरस्वती अधिकारी थापा र कृष्णा श्रेष्ठ, ग्रुप एक्सपर्टहरु भगवती रेग्मी, सविता भण्डारी, सीमा थापा, कुसुम सौगात, रुपा थापा, सुनिता भण्डारी, सुशीला राणा, पूजा बस्नेत, श्रेष्ठ अनामिका, पार्वती कँडेल लगायतको सहभागिता थियो।

यसैगरी अन्य सहभागीहरुमा कौशिला थापा, सविता कँडेल, बिना ढकाल देवकोटा, कमला अधिकारी, बिन्दु सापकोटा, सुनिता अधिकारी, जमुना पौडेल, सावित्री घिमिरे, रेखा थापा, रन्जना श्रेष्ठ, गोमा गिरी, सावित्री गिरी, शान्ति कँडेल न्यौपाने, कृष्णप्रसाद ढकाल थिए।

कार्यक्रममा सृष्टि गोपाली, शोभा कार्की, शोभा तिवारी, मीनाकुमारी पोखरेल खनाल, उर्मिला कार्की, दिलु थापा, विष्णुमाया राना, हरिमाया देवकोटा, अञ्जना सुवेदी, कला पौडेल, अम्बिका पौडेल, पुष्पा सापकोटा, प्रबिना श्रेष्ठ, शिला परियार, जमुना शर्मा भट्टराई, मीना गुरुङ, सुशीला केसी अधिकारी, बालकृष्ण रञ्जितकार, विष्णु थापा समेतको सहभागिता थियो।

पूर्वका धरान र विराटनगरमा पनि यसै साता यस्तै कार्यक्रम गरिएको थियो। पेजकी मोडरेटर मध्येकी एक बनेपाकी विजया मानन्धरको उपस्थितिमा कौसी र करेसाबारी खेतीबारे चेतनामूलक कार्यक्रम गरिएको थियो।

धरानमा भएको कार्यक्रममा उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) पनि सहभागी भएका थिए। विकासका लागि आफैंले श्रम गर्नुपर्छ भन्ने अडानका साथ काम गरिरहेका उनले कौसी र करेसाबारी क्रान्तिमा लागेका सदस्यहरुको उत्साहको प्रशंसा गरेका थिए।

अभियानका यी सबै खाले कार्यक्रम गर्न यसका अगुवा दूर्जेय चेतनाले सहयोग र प्रोत्साहन गर्दै आएका छन्। उनको अगुवाई र सल्लाह, सुझावमा देश तथा विदेशमा रहेका नेपालीहरुले आफ्नै कौसी, करेसाबारीमा सकेको उब्जाउ गर्दै उत्पादित वस्तु प्रयोग गर्दै आएका छन्।

‘कौसी र करेसाबारी क्रान्ति’ को अभियान पूर्वमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *