बनेपामा हरित सहर अभियान, ‘पारिको होइन अब बारीको’
बनेपा। ‘पारिको होइन बारीको’ भन्ने मूल मन्त्रका साथ सकेसम्म तरकारी, फलफूल आफैं उब्जाएर प्रयोग गर्न प्रेरित गर्दै बनेपामा कार्यक्रम गरिएको छ।
‘हाम्रो कौसी र करेसाबारी क्रान्ति’ बनेपा समूहको आयोजना तथा बनेपा हलि नेवा गुठीको सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा यस क्षेत्रमा कौसी र करेसाबारी खेती गरिरहेका, गर्न इच्छुक एवं अभियानमा लामो समयदेखि संलग्न प्रतिनिधिहरुको सहभागिता थियो। यसैगरी, जनप्रतिनिधिहरुले पनि कार्यक्रममा सहभागिता जनाएका थिए।
त्यस अवसरमा सहभागीहरुबीच अनुभव आदानप्रदान गर्नुका साथै बिउ बिजन हस्तान्तरण पनि गरिएको थियो।
कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, बनेपा नगरपालिका वडा नम्बर ८ की वडाध्यक्ष शुभ लक्ष्मी मानन्धर, बनेपा हलि नेवा गुठीका अध्यक्ष रामकाजी प्रधान, बनेपा नगरपालिका वडाा ७ की वडा सदस्य सोनी बज्राचार्य लगायतको सहभागिता थियो।
‘हाम्रो कौसी र करेसाबारी क्रान्ति’ समूहकी मोडरेटर बिजया मानन्धरको सभापतित्वमा भएको कार्यक्रमलाई सुनिता लुईंटेलले सञ्चालन गरेकी थिइन्। कार्यक्रम सम्पन्न गर्न समूहको काठमाडौं एडमिन टिमले पनि सहयोग गरेको थियो।
कौसी र करेसाबारी खेती गर्न अपनाउनुपर्ने उपायहरु, राम्रो बिउको छनोट, मल प्रयोग जस्ता विभिन्न विषयबारे सहभागीहरुबीच छलफल भएको थियो।

त्यस अवसरमा सहभागी हरि लक्ष्मी प्रजापतिले कविता प्रस्तुत गरेकी थिइन् भने बिमला शर्मा, मंगला साङमी र कुसुमले हाम्रो कौसी र करेसाबारी सम्बन्धी गीत सुनाएका थिए।
कार्यक्रममा सहभागीका लागि वितरण गर्न अभियानका अगुवा दूर्जेय चेतनाले बिउ, बिजन उपलब्ध गराएका थिए। यसैगरी, बनेपा, नाला, धुलिखेल, पनौती, काठमाडौं, धरान, विराटनगर र इटहरीका सदस्यहरुले स्थानीय बिउ दिएर सहयोग गरेको अभियन्ता मानन्धरले बताइन्।

कार्यक्रमका आयोजना गर्न कार्यक्रम स्थल उपलब्ध गराउँदै सहभागीका लागि खाजाको व्यवस्था गरिदिएकोमा बनेपा नगरपाकिालाई मानन्धरले धन्यवाद दिइन्। यसैगरी, सहयोगका लागि बनेपा हलि नेवा गुठीलाई पनि धन्यवाद दिइन्।
कार्यक्रममा सुनिता लुईंटेल, मंगला मकै साङ्मी, अन्जिर श्रेष्ठ, मुना श्रेष्ठ प्रधान, गंगादेवी श्रेष्ठ, विमला शर्मा, कुशुम श्रेष्ठ सुवेदी, जमुना घिमिरे, उर्मिला तिमल्सिना, शकुन्तला भट्टराई, अन्जु बास्तोला, लक्ष्मीश्वरी कपाली, सूर्यलक्ष्मी महाजु, सुन्दरी श्रेष्ठ, पुण्यश्वरी वादेको सहभागिता थियो।
यसैगरी, नारायणदेवी वादे, लक्ष्मी कायस्थ, शकुन्तला बन्जारा, विष्णुदेवी पोटे, रिता केसी श्रेष्ठ, दिव्यश्वरी, श्रेष्ठ, लीना श्रेष्ठ, निर्मला हुमागाईं, प्रविण मानन्धर, प्रयाग प्रधान, हरिलक्ष्मी प्रजापति, मनिला भण्डारी कोइराला, सरु केसी खड्का, सुशीला शर्मा, प्रभिभा श्रेष्ठ, सुलोचना वादे, कुमारी भुजेलको पनि सहभागिता थियो।
कार्यक्रमका अन्य सहभागीहरुमा तारा केसी, चन्द्रकला बुढाथोकी, लिला श्रेष्ठ, रामकुमारी, पुण्य शोभा श्रेष्ठ, सीतामाया तामाङ श्रेष्ठ, मैना तामाङ, रिता श्रेष्ठ, शुभलक्ष्मी भोछिभोया, पुनमाया कर्माचार्य, लक्ष्मी श्रेष्ठ, अनिता श्रेष्ठ, इन्द्रलक्ष्मी श्रेष्ठ, सुरेन्द्रकुमार श्रेष्ठलगायत थिए।
यसअघि यस्तै कार्यक्रम पूर्वको धरान र विराटनगरमा पनि गरिएको थियो। यसैगरी पोखरामा पनि यो अभियानमा सक्रिय सदस्यहरुले भेला गरी अनुभव आदान प्रदान गरेका थिए।
देशका विभिन्न स्थानमा समूहका सदस्यहरु भेला भएर अनुभव सुनाउने, बिउ बिजन साटासाट गर्ने र अभियानलाई अझ व्यापक बनाउँदै लैजानेबारे नियमितजसो भेला र छलफल हुँदै आएको छ।
