शिक्षा विधेयकको परिमार्जित प्रतिवेदनमा के छ ? (हेरौं विस्तृत)
काठमाडौं। विद्यालय शिक्षा विधेयक टुंग्याउन संसदीय समितिले तयार पारेको प्रतिवेदन अध्ययनका लागि समितिका सदस्यहरुलाई वितरण गरिएको छ। प्रतिनिधि सभा अन्तरगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सचिवालयले प्रतिवेदन तयार पारेर समितिमा बुझाएपछि सदस्यहरूलाई वितरण गरिएको हो।
समितिका सचिव दशरथ धमलाले उक्त प्रतिवेदन सभापति अम्मरबहादुर थापालाई हस्तान्तरण गरेका थिए। समितिमा भएका छलफल र सहमतिका कुरा समेटेर प्रतिवेदन तयार पारिएको जनाइएको छ।
गत साउन २२ गते समितिले सहमति जुटाएर प्रतिवेदन तयार गर्न निर्देशन दिएको थियो। उक्त प्रतिवेदन अध्ययनका लागि समिति सदस्यहरूलाई दुई दिनको समय दिइएको छ। भदौ ५ गतेको बैठकमा आआफ्ना राय सहित सांसदहरुलाई उपस्थित हुन थापाले निर्देश गरेका थिए।
२०८० भदौ २७ गते संसदमा पेश भएको विधेयकमा १६३ दफा रहेकोमा समितिले त्यसलाई बढाएर १७४ दफा पुर्याइएको छ।
विधेयकमा गरीब र विपन्न विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधा दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा पनि सांसदहरूबीच सहमति हुन सकेको छैन। सांसदहरूले अनिवार्य शिक्षा ऐनअनुसार कम्तीमा १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने धारणा राखेपछि यो विषय थप विवादित बनेको छ।
समितिको ५ गते बस्ने बैठकमा प्रतिवेदनलाई सहमतिसहित पारित गर्ने तयारी रहेको एक सदस्यले जानकारी दिए।
परिमार्जित र संशोधित नयाँ प्रतिवेदनमा के छ ?
हेरौं प्रतिवेदनको पूर्ण पाठ-
(यहाँ क्लिक गरेर हेर्न सकिन्छ।)
* * *
विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित थप समाचारहरू
शिक्षा विधेयक प्रतिवेदन सदस्यहरूलाई, भदौ ५ गते पारित गरिने
शिक्षक पदपूर्ति खुला प्रतिस्पर्धाबाट मात्रै गर्न माग
शिक्षा विधेयकप्रति चर्को असन्तुष्टि
शिक्षा विधेयकबारे अन्तिम फैसला अब आन्दोलनबाटै : महासंघ
शिक्षा विधेयक : के के बुँदामा भयो संशोधन ?
कस्तो आउला शिक्षा विधेयक ? के हो २७ बुँदे सहमति ?
