शिक्षा विधेयक प्रतिवेदन सदस्यहरूलाई, भदौ ५ गते पारित गरिने

काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन अध्ययनका लागि सदस्यहरूलाई दुई दिनको समय दिएको छ।

सोमबार बसेको समितिको बैठकमा उपसमितिले तयार पारेको प्रतिवेदन सदस्यहरूलाई वितरण गरिएको छ। त्यसमाथि छलफलका लागि आगामी भदौ ५ गते बस्ने गरी बैठक स्थगित भएको छ।

समितिका एक सदस्यका अनुसार यसअघि विधेयकमा १६३ दफा रहेकोमा संशोधन र परिमार्जनपछि अब १७४ वटा दफा पुगेका छन्।

विधेयकमा गरीब र विपन्न विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधा दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा पनि सांसदहरूबीच सहमति हुन सकेको छैन। सांसदहरूले अनिवार्य शिक्षा ऐनअनुसार कम्तीमा १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने धारणा राखेपछि यो विषय थप विवादित बनेको छ।

समितिको ५ गते बस्ने बैठकमा प्रतिवेदनलाई सहमतिसहित पारित गर्ने तयारी रहेको एक सदस्यले जानकारी दिए।

* * *

विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित थप समाचारहरू

शिक्षक पदपूर्ति खुला प्रतिस्पर्धाबाट मात्रै गर्न माग

शिक्षा विधेयकप्रति चर्को असन्तुष्टि

शिक्षा विधेयकबारे अन्तिम फैसला अब आन्दोलनबाटै : महासंघ

शिक्षा विधेयक : के के बुँदामा भयो संशोधन ?

कस्तो आउला शिक्षा विधेयक ? के हो २७ बुँदे सहमति ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *