शिक्षा विधेयकको प्रतिवेदन टुंग्याएर संसदमा पेस गर्ने तयारी
काठमाडौं। विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन प्रतिवेदन लेखनको कार्य अन्तिम चरणमा पुगेको छ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले साउन २२ गते पारित गरेको विधेयकको प्रतिवेदन लेखन अन्तिम चरणमा पुगेको हो। समितिले अब प्रतिवेदनमा भाषा तथा तथ्यगत त्रुटि भए सच्याउनका लागि सबै सदस्यहरूलाई दुई दिनको समय दिने भएको छ।
समितिका सभापति अम्मरबहादुर थापाका अनुसार यो समयावधिमा सदस्यहरूले प्रतिवेदन अध्ययन गरी आवश्यक परे सुझाव वा संशोधन दिन सक्नेछन्। त्यसपछि, दुई चरणको बैठकबाट प्रतिवेदन पारित गरिने समितिले जनाएको छ।
विधेयक प्रतिनिधिसभाको चालु अधिवेशनमै पेस गर्ने तयारी समितिले गरेको छ। विधेयकलाई अन्तिम रुप दिइने भए पनि अस्थायी शिक्षक वा निजी विद्यालयसम्बन्धी विवादित विषयहरूलाई प्रतिवेदनमा नसमेटिने सम्भावना रहेको समितिका एक सदस्यले जानकारी दिएका छन्।
समितिबाट प्रतिवेदन पारित भएपछि विधेयकको संसदमा पेस हुनेछ। संसदमा पनि आवश्यक छलफल पछि प्रतिवेदन पारित गर्ने प्रक्रियामा प्रवेश हुनेछ।
* * *
विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित थप समाचारहरू
शिक्षा विधेयकप्रति चर्को असन्तुष्टि
शिक्षा विधेयकबारे अन्तिम फैसला अब आन्दोलनबाटै : महासंघ
शिक्षा विधेयक : के के बुँदामा भयो संशोधन ?
