शिक्षा विधेयक प्रतिनिधिसभाबाट भदौ २६ गते पारित गरिने

काठमाडौं। प्रतिनिधिसभाले आगामी भदौ महिनामा विभिन्न पाँचवटा महत्वपूर्ण विधेयकहरू पारित गर्ने कार्यतालिका बनाएको छ। तीमध्ये विद्यालय शिक्षा विधेयकलाई पनि विशेष प्राथमिकतामा राखिएको छ।

सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँगको छलफलपछि यो तालिका तय भएको हो। सभामुखको कार्यकक्षमा भएको छलफलपछि नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भूमि, विद्यालय शिक्षा, नागरिकता, निजामती, र संवैधानिक परिषद् विधेयकहरू पारित गर्ने गरी कार्यतालिका बनेको जानकारी दिए।

कार्यतालिका अनुसार, विद्यालय शिक्षा विधेयक भदौ २६ गते प्रतिनिधिसभाबाट पारित गर्ने सम्भावित क्यालेन्डर तय भएको छ। यो विधेयक यसअघि नै संसदीय समितिले पारित गरेर प्रतिनिधिसभामा पेस गरिसकेको छ।

प्रतिनिधिसभाले पारित गरेपछि यो विधेयक राष्ट्रिय सभामा पठाइनेछ। राष्ट्रिय सभाबाट पनि पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइनेछ। त्यसपछि विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउनेछ।

यसैबीच, शुक्रबार प्रतिनिधिसभाको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गर्ने सम्भावित कार्यसूची छ।

भदौ १८ गतेको बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्नेछ। सोही दिन राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने तयारी पनि छ।

संघीय निजामती सेवा विधेयक भदौ १९ गते प्रतिनिधिसभाबाट पारित गरिनेछ। राष्ट्रिय सभाबाट फिर्ता भएपछि यसलाई अनुमोदनका लागि राष्ट्रपति कहाँ पठाउने तयारी छ।

* * *

विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित थप समाचारहरू

शिक्षा विधेयकमा छुटेका विषय समावेश गर्न माग

‘शिक्षा विधेयक २०२८ सालको शिक्षा ऐनभन्दा कमजोर’

शिक्षकका माग सम्बोधन नभएपछि पुनः आन्दोलन सुरु

शिक्षा विधेयकः संसदीय समितिको निर्णयप्रति असन्तुष्टि

शिक्षा विधेयकको परिमार्जित प्रतिवेदनमा के छ ? (हेरौं विस्तृत)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *