शिक्षक महासंघद्वारा आन्दोलन कार्यक्रम घोषणा

काठमाडौं। शिक्षा विधेयकमा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। महासंघले आज बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पहिलो चरणको आन्दोलन सार्वजनिक गरेको हो।

घोषित कार्यक्रमअनुसार महासंघले भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र प्रमुख राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाउनेछ।

त्यसैगरी, भदौ ११ देखि २० गतेसम्म काठमाडौंमा रहेका सबै राजनीतिक दलका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र सोही स्थानमा दुई घण्टा प्रतिनिधिमूलक धर्ना दिइनेछ।

महासंघका अनुसार भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा पनि दुई घण्टाको धर्ना र ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले मागहरू पूरा नभए भदौ २१ गते दोस्रो चरणको आन्दोलन घोषणा गरिने बताए। ‘सरकारले शिक्षकका माग बेवास्ता गर्यो’ उनले भने, ‘०८१–८२ को भन्दा कडा आन्दोलन गर्छौं ।’

यो चरणमा अवरोधात्मक र विरोध प्रदर्शन लगायतका कडा कार्यक्रमहरू ल्याइने चेतावनी उनले दिए। यसअघि, महासंघले गत चैत २० देखि २९ दिनसम्म विद्यालय ठप्प पारेर काठमाडौं केन्द्रित आन्दोलन गरेको थियो। वैशाख १७ गते सरकारले वार्ता गरी सहमति गरेपछि आन्दोलन स्थगन भएको थियो।

* * *

विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित थप समाचारहरू

विद्यालय शिक्षा विधेयक पारित, तीन दलको फरक मत

शिक्षा विधेयकः संसदीय समितिको निर्णयप्रति असन्तुष्टि

शिक्षा विधेयकको परिमार्जित प्रतिवेदनमा के छ ? (हेरौं विस्तृत)

शिक्षा विधेयकबारे अन्तिम फैसला अब आन्दोलनबाटै : महासंघ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *