शिक्षा विधेयकमा छुटेका विषय समावेश गर्न माग
फाइल तस्बिर
काठमाडौँ। एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले विद्यालय शिक्षा विधेयकमा छुटेका विषयहरू समावेश गर्न माग गरेको छ। सङ्गठनका अध्यक्ष शंकर अधिकारी र महासचिव कुलप्रसाद खतिवडाले बिहीबार २५ बुँदे सुझावसहितको विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।
विधेयकका केही प्रावधानहरू शिक्षा ऐन २०२८ भन्दा पनि पछि फर्किएको उनीहरूको भनाइ छ। सबै पक्षलाई स्वीकार्य हुने गरी विधेयकमा संशोधन र परिमार्जन गर्न पनि आग्रह गरिएको छ।
सङ्गठनले उठाएका मुख्य मागहरूमा अस्थायी शिक्षकहरूको स्थायित्वका लागि तोकिएको आन्तरिक परीक्षाको प्रतिशत सहमतिअनुसार नभएको, गोल्डेन ह्यान्डसेकको रकम स्पष्ट नभएको, स्थायी शिक्षकको आवधिक बढुवाको व्यवस्था नगरिएको र अस्थायी सेवा अवधिको गणना नभएको जस्ता विषयहरू छन्।


* * *
विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित थप समाचारहरू
‘शिक्षा विधेयक २०२८ सालको शिक्षा ऐनभन्दा कमजोर’
शिक्षा विधेयक संसदमा, सरोकारवाला आन्दोलनमा
शिक्षकका माग सम्बोधन नभएपछि पुनः आन्दोलन सुरु
शिक्षा विधेयकः संसदीय समितिको निर्णयप्रति असन्तुष्टि
शिक्षा विधेयकको परिमार्जित प्रतिवेदनमा के छ ? (हेरौं विस्तृत)
