शिक्षक महासंघद्वारा राजनीतिक दलको कार्यालयमा धर्ना सुरू
काठमाडौँ। विद्यालय शिक्षा विधेयकमा आफ्ना माग नसमेटिएको भन्दै असन्तुष्ट बनेको नेपाल शिक्षक महासङ्घले माग पूरा गराउन दबाब दिँदै प्रमुख राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम सुरु गरेको छ।
महासङ्घका प्रतिनिधिले आज बुधबार नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा धर्ना दिएका छन्। बिहान ११ बजेदेखि दुई घण्टासम्म धर्ना दिएर ध्यानाकर्षण पत्र पनि बुझाउने कार्यक्रम रहेको महासंघले जनाएको छ।
आन्दोलनको पहिलो चरणअन्तर्गत भोलि बिहीबार नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल र शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा धर्ना दिने कार्यक्रम रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।
शिक्षा विधेयक संसदीय समितिले पारित गरिसकेको छ। उक्त विधेयक समितिका सभापित अम्मरबहादुर थापाले प्रतिनिधिसभामा पेस समेत गरिसकेका छन्। अब संसदबाट पारित हुने प्रक्रियामा प्रवेश हुनेछ।
समितिबाट पारित गर्ने क्रमका माओवादी, रास्वपा र राप्रपाले फरक मत राखेका थिए।
* * *
विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित थप समाचारहरू
शिक्षा विधेयक संसदमा, सरोकारवाला आन्दोलनमा
शिक्षकका माग सम्बोधन नभएपछि पुनः आन्दोलन सुरु
शिक्षक महासंघद्वारा आन्दोलन कार्यक्रम घोषणा
विद्यालय शिक्षा विधेयक पारित, तीन दलको फरक मत
शिक्षा विधेयकः संसदीय समितिको निर्णयप्रति असन्तुष्टि
शिक्षा विधेयकको परिमार्जित प्रतिवेदनमा के छ ? (हेरौं विस्तृत)
