विद्यालय शिक्षा विधेयक पारित, तीन दलको फरक मत

काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिले बिहीबार विद्यालय शिक्षा विधेयक पारित गरेको छ। विधेयकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फरक मत राखेका छन्।

माओवादी केन्द्रका सांसदहरू देवेन्द्र पौडेल, महेन्द्रराय यादव, रेखा शर्मा र ज्ञानु बस्नेत सुवेदीले पाँच बुँदे फरक मत पेस गरेका छन्। उनीहरूले विशेषगरी निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्ति सम्बन्धी व्यवस्थालाई उपसमितिले गरेको निर्णयबमोजिम नै समावेश गर्नुपर्नेमा जोड दिएका छन्।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि विधेयकमा तीन बुँदे फरक मत राखेको छ। रास्वपाकी सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पूर्ण छात्रवृत्ति आवास सहितको व्यवस्था हुनुपर्ने माग राखेकी छन्।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बिना जैसवालले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने विषयमा फरक मत पेस गरेकी छन्।

समिति सभापति अम्मरबहादुर थापाका अनुसार समितिबाट पारित भएको प्रतिवेदन सहितको विधेयक प्रतिनिधिसभाको आगामी बैठकमा पेस गरिने छ ।

* * *

विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित थप समाचारहरू

शिक्षा विधेयकः संसदीय समितिको निर्णयप्रति असन्तुष्टि

असन्तुष्टिका बीच शिक्षा विधेयक पारित गर्दै संसदीय समिति

शिक्षा विधेयकको परिमार्जित प्रतिवेदनमा के छ ? (हेरौं विस्तृत)

शिक्षा विधेयकप्रति चर्को असन्तुष्टि

शिक्षा विधेयकबारे अन्तिम फैसला अब आन्दोलनबाटै : महासंघ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *