शिक्षा विधेयकबारे मन्त्रालयमा बेग्लै छलफल

काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल सुरु भइरहेको छ । उपसमितिले बुझाएको प्रतिवेदनमाथि संसदीय समितिमा छलफल जारी रहेका बेला मन्त्रालयले बेग्लै छलफल गरिरहेको हो ।

प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उक्त विधेयकलाई अन्तिम रुप दिने गृहकार्य भइरहेको छ । समितिको बैठकलार्य रोकेर नमिलेका कुरामा सहमति गर्न भन्दै शिक्षा मन्त्रालयमा सरोकारवालबीच छलफल भइरहेको हो ।

मन्त्रालयमा शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंस शाही, शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्ष शंकर अधिकारी लगायतको सहभागिता छ ।

संसदीय समितिको बैठक बिहान साढे ८ बजेको लागि बोलाइएको थियो । मन्त्रालयमा बेग्लै छलफल गर्नुपर्ने भएपछि समितिको बैठक २ बजेलाई सारिएको छ । मन्त्रालयमा छलफलपछि सहमति जुटाएर समितिको बैठकबाट विधेयकलाई अन्तिम रुप दिंदै पारित गर्ने तयारी रहेको एक सदस्यले बताए ।

यसैबीच, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदअन्तर्गत विभिन्न विषयगत समितिका सभापतिहरूसँग छलफल गर्ने भएका छन् । समितिले अन्तिम चरणमा पुर्याएको भनिएको विद्यालय शिक्षा विधेयकसहित अन्य विधेयकहरुबारे सभामुख घिमिरेले आजै दिउँसो छलफल गर्न लागेका हुन् ।

शिक्षासहित अन्य विधेयकबारे समिति सभापतिसँग छलफल गर्दै सभामुख

विद्यालय शिक्षा विधेयक किन आएन ? षडयन्त्र भए आन्दोलन : महासंघ

शिक्षा विधेयक : अहिलेसम्म के के विषयमा जुट्यो सहमति ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *