शिक्षा विधेयक : अस्थायी शिक्षकको प्रतिस्पर्धामा कुरा मिलेन
काठमाडौं । अस्थायी प्रकृतिका शिक्षकको प्रतिस्पर्धाबारे सहमति हुन नसक्दा संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफल प्रभावित भएको छ ।
आज आइतबार बिहानका लागि बोलाइएको प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित गरिएको छ । अर्को बैठक आजै बस्ने जनाइएको छ ।
अस्थायी प्रकृतिका शिक्षकको प्रतिस्पर्धाबारे सहमति नभएपछि बैठक स्थगित भएको समितिका एक सदस्यले जानकारी दिए । प्रतिस्पर्धालाई ६०–४० गर्ने कि ७५–२५ राख्ने भन्नेमा सहमति हुन नसकेको ती सदस्यले बताए ।
उक्त विषयमा सहमति हुन नसकेपछि समितिको बैठक स्थगित गरेर शिक्षा मन्त्रालयले शिक्षक महासघंसहित अन्य सरोकारवालासँग मन्त्रालयमै छलफल गरिरहेको छ । मन्त्रालयको छलफलमा सहमति जुटाएर समितिमा छलफल गरी उक्त विषय टुंग्याउने तयारी छ ।
समितिले अब थोरै विषयहरुमा मात्र सहमति कायम गर्न बाँकी रहेकाले विधेयकलाई सकेसम्म चाँडै टुंग्याएर पारित गर्दै संसदमा पठाइने समितिका एक सदस्यले बताए ।
विद्यालय शिक्षा विधेयक किन आएन ? षडयन्त्र भए आन्दोलन : महासंघ
