शिक्षासहित अन्य विधेयकबारे समिति सभापतिसँग छलफल गर्दै सभामुख

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदअन्तर्गत विभिन्न विषयगत समितिका सभापतिहरूसँग छलफल गर्ने भएका छन् । समितिले अन्तिम चरणमा पुर्याएको भनिएको विद्यालय शिक्षा विधेयकसहित अन्य विधेयकहरुबारे सभामुख घिमिरेले छलफल गर्न लागेका हुन् ।

सभामुखको सचिवालयका अनुसार सोमबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा सभापतिहरूसँग छलफल राखिएको छ ।

समितिमा रहेका विधेयकको अवस्थाका बारेमा सभामुखले समिति सभापतिहरूसँग छलफल गने छन् । विधेयक संसदमा पेश हुनुअघि के कस्तो अवस्थामा छ भन्ने बारे उनले समितिका पदाधिकारीबाट बुझ्ने जनाइएको छ ।

कुनै पनि विधेयक सम्बन्धित विषयगत समिति र आवश्यकताअनुसार उपसमितिमा छलफल हुने चलन छ । उपसमितिबाट आएको विधेयकमाथि छलफल गरी समितिले अन्तिम टुंगो लगाउने अनि संसदमा पेश गर्ने प्रक्रिया छ ।

शिक्षा विधेयकमाथि छलफल गरी उपसमितिले समितिमा प्रतिवेदन बुझाएको थियो । त्यसमा सरकारले नेपाल शिक्षक महासंघसँग छलफल गरी केही बुँदागत धारणा प्रस्तुत गरेको थियो । उक्त विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिमा छलफल जारी छ । सरकारले असार १५ गते शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जनाएको थियो । तर समितिमा छलफल सकिएर उक्त विधेयक संसदमा पेश हुनै पाएको छैन ।

शिक्षा विद्यालय शिक्षा विधेयक २०८० सहित संसदीय समितिमा हाल ११ वटा विधेयक दफावार छलफलका क्रममा छन् । यस्तै, विद्युत् विधेयक २०८०, निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८०, बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८०, निकासी पैठारी नियमन विधेयक छलफलका क्रममा छन् ।

यसैगरी, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, सशस्त्र प्रहरी बल नेपाल विधेयक २०८१, नेपाल प्रहरी विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक, धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक समितिहरुमा छलफलका क्रममा रहेका छन् ।

विद्यालय शिक्षा विधेयक किन आएन ? षडयन्त्र भए आन्दोलन : महासंघ

शिक्षा विधेयकलाई अन्तिम रूप दिन आज पनि छलफल

संसद बैठक स्थगित, शिक्षा विधेयक कहिले ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *