शिक्षक महासंघले भदौ २१ गते थप आन्दोलन घोषणा गर्ने

काठमाडौँ । विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलन गरिरहेका शिक्षकहरूले भदौ २१ गते नयाँ चरणको आन्दोलन घोषणा गर्ने भएका छन्।

आफ्ना माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासङ्घले आज बुधबार, राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) को केन्द्रीय कार्यालय धुम्बाराहीमा धर्ना दिएको छ। यसअघि भएको सहमतिअनुसार विधेयकमा आफ्ना सरोकारका विषयहरू पूर्ण रूपमा समावेश नगरिएको महासङ्घको भनाइ छ।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयकमा सकारात्मक कुराहरू भए पनि शिक्षक कर्मचारीका मुख्य मागहरू अझै पनि सम्बोधन नभएकाले आन्दोलन गर्नुपरेको बताए। उ

नले आफ्ना मागहरू समेट्ने गरी संसद्मा विधेयकमाथि छलफल गर्न राजनीतिक दलहरूलाई दबाब दिन धर्ना कार्यक्रम गरिएको जानकारी दिए।

अध्यक्ष सुवेदीले भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने उल्लेख गरेका छन्।

* * *

विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित थप समाचारहरू

शिक्षा विधेयक प्रतिनिधिसभाबाट भदौ २६ गते पारित गरिने

शिक्षा विधेयकमा छुटेका विषय समावेश गर्न माग

‘शिक्षा विधेयक २०२८ सालको शिक्षा ऐनभन्दा कमजोर’

शिक्षा विधेयकको परिमार्जित प्रतिवेदनमा के छ ? (हेरौं विस्तृत)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *