शिक्षा विधेयक : ‘सरकार स्वार्थ समूहको पछि लाग्नु हुँदैन’
काठमाडौं । पूर्वशिक्षामन्त्री तथा एमाले सांसद विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकका सन्दर्भमा सरकार स्वार्थ समूहको पछि लागेको आरोप लगाएकी छन् ।
सरकारी ‘इन्ट्रेस्ट ग्रुप’ को पछि लाग्ने हो भने संसद्कै गरिमा नरहने उनले बताएकी हुन् । सोमबार बसेको शिक्षा समितिको बैठकमा सांसद भट्टराईले संसद् र सरकारलाई असक्षम बनाउने नियतस्वरुप विधेयकका बारेमा चलखेल भएको आरोप समेत लगाइन् ।
‘सरकार कि मस्यौदाका पक्षमा उभिनुपर्यो कि उपसमितिले दिएको प्रतिवेदनको पक्षमा उभिनुपर्यो’ संसदीय समिति सदस्य समेत रहेकी भट्टराईले भनिन्, ‘सरकार हरेक पल इन्ट्रेस्ट ग्रुपले भनेको कुराहरूको पछि लाग्ने हो भने संसद्को गरिमा र मर्यादा बाँकी रहँदैन ।’
प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शिक्षा विधेयकलाई अन्तिम रुप दिने गरी छलफल भइरहेको भए पनि केही विषयहरुमा सहमति हुन नसक्दा अन्योल बढेको छ ।
शिक्षा मन्त्रालय र महासंघबीच सहमति हुन नसक्दा अड्कियो विधेयक
विद्यालय शिक्षा विधेयक किन आएन ? षडयन्त्र भए आन्दोलन : महासंघ
