दुबईमा अस्ताए इलामका युवक, शव ल्याइँदै

इलाम । इलामको माईजोगमाई गाउँपालिका-५ (सोयाङ) का ३४ वर्षीय बुद्धि आचार्यको दुबईमा मृत्यु भएको छ।

उनका भिनाजु सोम शर्माका अनुसार गत अप्रिल ३ (चैत २३) गतेदेखि सम्पर्कविहीन बनेका थिए। खोजीका क्रममा मृत अवस्थामा भेटिएको त्यहाँको प्रहरीले जानकारी दिएको शर्माले बताए।

‘के कारणले घटना भयो भन्ने यकिन छैन’ उनले सरल पत्रिकासँग भने, ‘आँखासहित अनुहारमा चोटपटक छ भन्ने सुनिएको छ, प्रहरीले अनुसन्धान गरिरहेका छौं भन्ने जानकारी दिएका छन्।’

रोमप्रसाद आचार्य र कमला आचार्यका माइला छोरा उनी सात वर्षअघि रोजगारीका सिलसिलामा दुबई गएका थिए। दुई वर्षअघि घर आएर विवाह गरी आचार्य श्रीमतीसहित फेरि त्यतै फर्किएका थिए।

शर्माका अनुसार दुबईबाट उनको शव काठमाडौं आइसकेको छ। काठमाडौंबाट पनि इलामका लागि ल्याउने काम भइरहेको उनले जानकारी दिए। शव आइपुगेपछि आज मंगलबार अपराह्न माईखोला अठारे घाटमा अन्तिम संस्कार गर्ने तयारी भएको शर्माले बताए।

एक महिनाको अवधिमा विदेशमै अस्ताए इलामका तीनजना युवा

इलामकी महिलाको दुबईमा मृत्यु, शव ल्याइँदै


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *