इलामकी महिलाको दुबईमा मृत्यु, शव ल्याइँदै
इलाम। वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेकी इलामकै एक महिलाको मृत्यु भएको छ। इलामको माङ्सेबुङ–३ मानपुर निवासी रेनिता साम्बा लिम्बूको गत चैत ३ गते दुर्घटनामा मृत्यु भएको हो।
उनको पार्थिव शरीर आज बिहीबार काठमाडौं आइपुगेको छ। काठमाडौंबाट माङ्सेबुङ पुर्याउने प्रयास भइरहेको स्थानीय बासिन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन लिम्बुले जानकारी दिए।
यसै वर्ष मात्र माङसेबुङका पर्वत राई, डकीन्द्र योङहाङ, हर्क कुरुम्बाङ, पूर्णकुमार योङहाङ र रेनिता साम्बाको विदेशी भूमिमा ज्यान गइसकेको छ।
प्रतिक्रिया
