झमकलाई घरैमा ‘कोशी एक्सिलेन्स अवार्ड’

धनकुटा। मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेलाई साहित्य विधातर्फ ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अवार्ड प्रदान गरिएको छ। उनलाई आइतबार कचिडेस्थित घरमै पुगेर प्रदान गरिएको हो।

प्रजातन्त्र दिवसका दिन इटहरीस्थित सोल्टी वेस्टेन्डमा भएको समारोहमा उक्त अवार्ड प्रदान गर्ने तय भएपनि प्रतिकूल स्वास्थ्य अवस्थाका कारण झमक उपस्थित हुन सकेकी थिइनन्।

झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईँमार्फत आइतबार घरैमा पुगेर अवार्ड हस्तान्तरण गरिएको नयन एड्भरटाइजिङ मिडिया प्रा।लिद्धारा सञ्चालित प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले जानकारी दिए।

कार्यक्रममा पत्रकार महासङघ धनकुटाका अध्यक्ष बिदुर खवास, नेपाल प्रेस युनियनका कोशी प्रदेश महासचिव सन्जिव वाग्ले, प्रेस युनियन धनकुटाका अध्यक्ष बिनोद घिमिरे लगायतको समेत उपस्थिति थियो।

कोशीका १३ जना अगुवालाई ‘एक्सिलेन्स अवार्ड’

साहित्यकार झमक घिमिरेलाई प्रलेस पुरस्कार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *