अनिलकेशरी र पिण्डेश्वर संस्कृत माविलाई नगेन्द्रप्रसाद-आशालता पुरस्कार

विराटनगर। नगेन्द्रप्रसाद-आशालता रिजाल प्रतिष्ठान विराटनगरले यसवर्ष प्रदान गरिने प्रतिष्ठित पुरस्कार तथा सम्मानहरूको घोषणा गरेको छ। प्रतिष्ठानकी अध्यक्ष इन्दिरा रिजालको अध्यक्षतामा हालै बसेको कार्यसमितिको बैठकले पुरस्कार सम्बन्धी निर्णय सर्वसम्मत रूपमा गरेको हो।

निर्णय अनुसार नगेन्द्रप्रसाद-आशालता रिजाल सामाजिक सेवा पुरस्कार (२०८२) बाट नेपालको वित्तीय क्षेत्रको विकास, शिक्षा तथा सामाजिक सेवामा लामो समयदेखि निरन्तर योगदान पुर्‍याउँदै आएका अनिलकेशरी शाह सम्मानित हुने भएका छन्। उनलाई नगद १ लाख रुपैयाँ र सम्मान पत्रसहित पुरस्कृत गरिनेछ।

त्यसैगरी नगेन्द्रप्रसाद-आशालता रिजाल धर्म संस्कृति सेवा पुरस्कार (२०८२) बाट सुनसरीको नारायणपुरमा रहेको पिण्डेश्वर संस्कृत माध्यमिक विद्यालयलाई पुरस्कृत गर्ने निर्णय भएको छ। वैदिक सनातन संस्कृतिको क्षेत्रमा लामो समयदेखि निरन्तर सेवा पुर्‍याउँदै आएको यस विद्यालयलाई नगद १ लाख रुपैयाँ र सम्मान पत्र प्रदान गरिनेछ।

प्रतिष्ठानका कोषाध्यक्ष दिङ्लाली कान्छोका अनुसार यी पुरस्कारहरू यही असार ७ गते आइतवार एक विशेष समारोहका बीच समर्पण गरिने कार्यक्रम तय भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *