कार्यभार सम्हाल्दै गृहमन्त्री गुरुङद्वारा दरबार हत्याकाण्डको अनुसन्धान गर्ने निर्णय

काठमाडौँ। नवनियुक्त गृहमन्त्री सुधन गुरुङले २०५८ सालमा भएको नारायणहिटी दरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्।

मन्त्रालयमा मंगलबार साँझ पदभार ग्रहण गर्दै उनले आफ्नो पहिलो चार निर्णयभित्र उक्त ऐतिहासिक हत्याकाण्डको विस्तृत अनुसन्धान गर्ने विषय समावेश गरेका हुन्।

विवादमा परेपछि गत वैशाख १० मा राजीनामा दिएका मन्त्री गुरुङ अनुसन्धान समितिबाट सफाइ पाएर पुनः गृह मन्त्रालयमा फर्किएका हुन्।

मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशका पुराना र रहस्यमयी घटनाहरूको सत्यतथ्य बाहिर ल्याउनु सरकारको दायित्व भएको र सोही अनुसार दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरिएको बताए।

यसैबीच, गृहमन्त्री गुरुङले अब चरित्र हत्याको विषयलाई गम्भीर ढंगले हेर्ने बताएका छन्। ‘ममाथि जेनजी आन्दोलनदेखि नै जति पनि आरोप लगाइयो म त थेग्न सकौंला । तर विशेषगरी कुनै नागरिकलाई अपमान गर्ने, चरित्रहत्या गर्ने प्रयास गरेको खण्डमा गृह मन्त्रालयमा एक दम संवेदशनील भएर सिरियस्ली हेर्नेछ,’ पदभार ग्रहणपछि उनले उनले भने।

उनले चरित्र हत्याका कारण कोही नेपाली छोरीको ज्यान जान नहुनेतर्फ संकेत गर्दै भने, ‘जस्तोसुकै आरोप लगाए पनि म थेग्न सक्छु । तर अरू नेपाली चेली, नेपालकी छोरीलाई चरित्रहत्या गरिन्छ र आत्महत्या गर्न बाध्य बनाइन्छ भने त्यसमा गृह मन्त्रालयले सिरियस्ली हेर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *