शिक्षा समितिको बैठक स्थगित, अब कहिले ? टुंगो छैन

काठमाडौं । विद्यालय शिक्षा विधेयक पारित गर्ने अन्तिम चरणमा पुगेको संसदीय समितिको बैठक स्थगित भएको छ । विधेयकलाई टुंग्याउने गरी आइतबार समितिको बैठक बोलाइएको थियो । शिक्षा मन्त्री रघुजी पन्तले छलफलका लागि अझै केही समय दिन आग्रह गरेपछि बैठक स्थगित भएको हो । अर्को बैठक कहिले बस्ने भन्ने पनि टुंगो गरिएको छैन ।

प्रतिनिधिसभा अन्तगृत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पन्तले शिक्षकहरूका मागबारे छलफल गर्न समय माग गरेका थिए । शिक्षकहरूले आवधिक बढुवा लगायतका विषयमा नेपाल शिक्षक महासंघले राखेको असहमतिलाई सम्बोधन गर्न समय चाहिने मन्त्रीले बताएका थिए ।

शिक्षकको आन्तरिक प्रतिस्पर्धा र खुला विज्ञापनको ६०–४० को अनुपात, शिक्षकको बढुवा प्रक्रिया जस्ता विषयमा सहमति जुट्न सकेको छैन । बैठकमा अधिकांश सांसदहरूले विधेयकलाई समितिमै अड्काएर राख्नु नहुने उल्लेख गर्दै पारित गरिहाल्नु पर्ने बताएका थिए ।

समिति सभापति अम्मरबहादुर थापाले सरकारले थप समय माग्दै आग्रह गरेकाले बैठक स्थगित भएको घोषणा गरेका थिए । अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको उनले बताए ।

समिति विधेयक टुंग्याउने अन्तिम चरणमा पुगेको भए पनि सरकारले पटकपटक समय माग गर्दा अलमल भएको उनको भनाइ थियो । बैठकमा बोल्दै शिक्षामन्त्री पन्तले प्रतिस्पर्धाका लागि ६०–४० मा शिक्षकहरुले सहमति जनाएको दाबी गरेका थिए ।

शिक्षा विधेयकमा ढिलाइ, छलफलका लागि मन्त्रीले फेरि मागे समय

उपसमितिको प्रतिवेदनकै आधारमा शिक्षा विधेयक पारित हुने सम्भावना

सहमति पर्खँदै शिक्षा समिति, मन्त्रालय र महासंघ वार्तामा

‘शिक्षा विधेयक हामीले रोकेको होइन’

यसकारण समितिमै अड्कियो शिक्षा विधेयक

शिक्षा विधेयक : सांसदहरू पारित गरौं भन्ने, मन्त्री रोक्ने


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *