महेन्द्र मोरङमा विद्यार्थी संगठनसँगै मतदाता पनि थपिए
विराटनगर। महेन्द्र मोरङ आदर्श महुमुखी क्याम्पस विराटनगरमा विद्यार्थी संगठन र मतदाता थपिएका छन्। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा यसपालि पहिलेभन्दा बढी मतदाता हुने छन्।
अघिल्लो स्ववियु निर्वाचनका बेला क्याम्पसमा ५ हजार ७९० मतदाता थिए। यसपालि ५ हजार ९८४ छन्। त्यस बेला ६ वटा विद्यार्थी संगठनबाट र केही स्वतन्त्र उम्मेदवारी दिइएको थियो। यसपालि भने ९ वटा विद्यार्थी संगठनले उम्मेंदवारी दर्ता गराएका छन्।
अघिल्लो निर्वाचनमा ३ हजार १ सय ६६ (६० प्रतिशत) मत खसेको थियो। यसपालि बढ्ने सम्भावना देखिएको निर्वाचन अधिकृत सुशील अधिकारीले बताएका छन्।

यसपटकको उम्मेदवारीमा केही पुरानै अनुहार दोहोरिएका छन् भने केही नयाँ उम्मेदवार चुनावी मैदानमा होमिएका छन्। स्ववियु सभापति पदका लागि अखिल क्रान्तिकरीबाट रोहित यादव, नेपाल विद्यार्थी संघबाट प्रज्ज्वल विष्ट, एमालेनिकट अनेरास्ववियुबाट अनिश बोगटी छन्। सचिवमा समाजवादी विद्यार्थी युनियन नेपालबाट राकेशकुमार यादवलगायत सबै गरी ७९ जनाको उम्मेदवारी दर्ता भएको छ।
राजनीतिक रूपले सक्रिय मानिएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा फागुन २७ गते मनोयनपत्र दर्ता भएको थियो।
तीन महिने आन्तरिक परीक्षा नहुने, कलेजको पुस्तकालयमा किताब पर्याप्त नभएको, सेनिटरी प्याडको व्यवस्था नभएको, छात्रावास भए पनि सञ्चालनमा नरहेको, यातायातको व्यवस्था नभएको, चिकित्सालय राम्ररी सञ्चालनमा नरहेको जस्ता समस्या विद्यार्थीले झेल्दै आएका छन्।
चुनावी मैदानमा उत्रिएका विद्यार्थी संगठन, तिनका नेता र उम्मेदवारहरूले विभिन्न नारासहित मतदाता आकर्षित गर्ने प्रयास गरिरहेका छन्। उनीहरुले क्याम्पसमा विद्यार्थीका लागि सहज पठनपाठनका साथै सुविधा र सहुलियतका लागि आफूहरू लागिपर्ने बताउँदै आएका छन्।
महेन्द्र मोरङका विद्यार्थीका लागि यातायात व्यवस्था गर्ने प्रतिबद्धता
