कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि १६ हजारभन्दा बढी छानिए

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आह्वान गरेको प्रवेश परीक्षामा १६ हजार १३७ जना विद्यार्थी छानिएका छन्।

देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्येबाट ती विद्यार्थी छानिएका हुन्। परिचय खुल्ने नागरिकता वा जन्म दर्ता, सार्वजनिक विद्यालयबाट अध्ययन गरेको भए त्यसको प्रमाण, संस्थागत विद्यालयमा अध्ययन गरेको भए छात्रवृत्तिमा पढेको वा  काठमाडौँ महानगरपालिकामा स्थायी बसोबास भएको प्रमाण संलग्न नभएका १ हजार ९२ आवेदन अस्वीकृत भएको जनाइएको छ।

महानगरको शिक्षा विभागका अनुसार छनोट भएका विद्यार्थीमध्ये विज्ञान संकायका लागि ११ हजार ५९०, व्यवस्थापनमा ४ हजार १६४, मानविकीमा ३२, शिक्षा संकायका लागि ९५ र कानुन संकायका लागि २५६ जना छन्।

छात्रवृत्ति प्रवेश परीक्षा साउन ३ गते बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म हुनेछ। विभागका अनुसार परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०(३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिने। परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक ल्याउनुपर्ने
महानगरपालिकाका सूचना अधिकारी नुरनिधि न्यौपानेले जानकारी दिए ।

परीक्षाको नतिजापछि ‘मेरिट’ सूचीका आधारमा छात्रवृत्ति प्रदान गरिनेछ। यो कार्यक्रमले आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा आफूले रोजेको संस्थागत विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको महानगरले जनाएको छ।

कक्षा ११ र १२ छात्रवृत्तिका लागि १७ हजारभन्दा बढी विद्यार्थीको आवेदन

कक्षा ११ र १२ का विद्यार्थीका लागि छात्रवृत्ति आवेदन खुला


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *