समता इटहरी : पुराना बिदा भए, नयाँलाई स्वागत

इहटरी। समता स्कुल इटहरीले शैक्षिक सत्र २०८२ मा भर्ना भएका नयाँ विद्यार्थी तथा तिनका अभिभावकलाई स्वागत गरेको छ। यस शैक्षिक सत्रमा नर्सरीदेखि कक्षा ९ सम्म गरी १८९ जना नयाँ विद्यार्थीहरु भर्ना भएको स्कुलले जनाएको छ।

कार्यक्रममा अघिल्लो शैक्षिक सत्रका एसईई परीक्षार्थीहरुलाई विदाई समेत गरिएको थियो। स्कुलमा नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गरेकी सिवानी लम्सालले समता स्कुलले बिदाइ मन्तव्य व्यक्त गरेकी थिइन्।

उनले समताले प्रदान गरेको सुलभ, गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारको प्रशंसा गरिन्। विद्यालय छोड्नु पर्दा आफू अत्यन्त भावुक भएको बताउँदै उनले अश्रुसरी भएर आफ्ना कुरा राख्दा सबै भावुक बनेका थिए।

अर्का विद्यार्थी अभिषेक खतिवडाले समता स्कुलले शिक्षा मात्र होइन, विविध क्षेत्रमा विद्यार्थीलाई प्रतिभा देखाउने मञ्च प्रदान गर्दै आएकोमा आभार व्यक्त गरे।

यसै अवसरमा गत महिना सम्पन्न विद्यार्थी परिषद् निर्वाचनमा निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराइएको थियो। उक्त सपथ ग्रहण अघिल्लो सत्रकी परिषद् प्रमुखले गराएकी थिइन्।

दुर्गा पार्टी प्यालेस, इटहरीमा सम्पन्न कार्यक्रममा समता लहान र समता इलामका प्रिन्सिपल, अभिभावक, विद्यार्थी, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो। कार्यक्रममा विद्यार्थीहरुले तयार पारेका सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिले दर्शक–श्रोता मन्त्रमुग्ध बनाएका थिए।

विद्यालयका प्रिन्सिपल सन्तोष श्रेष्ठले समता स्कुल इटहरीले सम्पूर्ण कक्षामा समान तथा न्यून शुल्क लिई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए। पढाइसँगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै प्राथमिकता राखी विद्यार्थीहरुको चौतर्फी विकासमा जोड दिएको उनले सुनाए।

नवनिर्वाचित विद्यार्थी परिषदको आयोजना तथा व्यवस्थापनमा सम्पन्न कार्यक्रममा विद्यालयमा नवनियुक्त शिक्षकहरुलाई पनि स्वागत गरिएको थियो। गत वर्षसम्म अध्यापन गरी विद्यालय छाडेका शिक्षकहरुलाई बिदाई गरिएको थियो।

काठमाडौंको नयाँ बस्तीबाट समाजसेवी उत्तमकुमार सन्जेलले २५ वर्षअघि सुरु गरेको समता शिक्षाको अभियान अहिले देशभर फैलिएको छ। समता स्कुल इटहरीमा यो अभियानले १४औं वर्ष पार गर्दै शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाएको छ।

समतामा विद्यार्थीबीच लोकतान्त्रिक अभ्यास

समतामा गायन, नृत्य र अभिभावक भेला

२५ औं वर्षमा समताः शिक्षामा समानताको उज्यालो दीप

समताका विद्यार्थीबीच ‘मौलिक पहिरन उत्सव’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *