समतामा गायन, नृत्य र अभिभावक भेला

सुनसरी। समता स्कुल पूर्वी कन्सर्टियमको आयोजनामा ५औं संस्करणको अन्तर समता गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ। इटहरीको समता स्कुलमा भएको कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।

समता स्कुलका संस्थापक उत्तम कुमार संजेलको प्रमुख आथित्यता रहेको कार्यक्रमका अवसरमा समता स्कुल इटहरीले आफ्नो स्थापनाको १३ औं बार्षिकोत्सव तथा अभिभावक दिवस आयोजना गरेको हो।

पूर्वमा सञ्चालनमा रहेका माध्यमिक विद्यालय स्तरका समतास्कुलका ४८ जना विद्यार्थीहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए। विभिन्न पाँच वटा विधामा प्रतिस्पर्धा भएको थियो।

एकल गायनतर्फ मनिता राई, युगल गायन तर्फ साजन राई र सिवानी लम्साल, र्याप गायनमा अभिषेक खतिवडा, एकल नृत्यतर्फ प्रिन्सा कुँवर र सामूहिक नृत्यतर्फ समता स्कुल इटहरीको समूहले प्रथम स्थान हासिल गरे।

समता इलामका प्रतियोगीहरु द्वितीय, समता दमकका तृतीय र समता लहानले सान्त्वना पुरस्कार प्राप्त गरे।

गायन तथा नृत्य प्रतियोगिताको निर्णायकमा चर्चित कलाकार अजय अधिकारी, र्यापर एनएस के, र्यापर ग्रुभी, नृत्य निर्देशक आरके थिए। उनीहरुले विशेष मनोरञ्जनात्मक प्रस्तुति दिई कार्यक्रमलाई थप रमाइलो बनाएका थिए।

समता स्कुल इटहरीले बार्षिकोत्सव पारेर नर्सरी देखि १० सम्म अनवरत रुपमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकलाई ‘अनर अफ लिगेसी’ अवार्डले सम्मान गरेको थियो।

कार्यक्रममा बार्षिक खेल उत्सवमा विविध स्थान हासिल गरेका विद्यार्थी एवम अभिभावकलाई मेडल तथा वर्षभरिका विविध विधामा अब्बल रहेका विद्यार्थीलाई विविध बिधामा पुरस्कृत गरियो।

त्यसअन्तर्गत ‘स्टुडेन्ट फ द इयर’ मा कृतिमा पौडेल, ‘समता स्पिरिट अवार्ड’ जुनसन राई, ‘समता लोयल्टी अवार्ड’ सिवानी लम्साल, ‘इमिनेन्ट अचिभर अवार्ड’ प्रतिमा बिष्ट, ‘पङचुवालिटी अवार्ड’ समृद्धि घिमिरे, ‘डिसिप्लिनरी अवार्ड’ प्रेक्षा दुलाल, सरसफाईमा प्रियन्का बस्नेत र ‘स्पोर्टसमेनसिप अवार्ड’ अभिषेक खतिवडालाई प्रदान गरियो।

कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा ४ का वडा सदस्य, समाजसेवी, पत्रकार, समता पूर्वी कन्सोर्टियमका पदाधिकारी, अभिभावक विद्यार्थी लगायतको सहभागिता थियो।

कार्यक्रमको विशेष आकर्षणका रुपमा ‘लक्की ड्र’ मार्फत् विविध खेलकुद, विद्युतीय र घरायसी समानहरु उपहारस्वरुप प्रदान गरिएको थियो। यसको मुख्य प्रायोजन ड्रिम वेयर बुटिक, वस्त्र रेन्टल सर्भिस, डेडिकेटेड एजुकेसन कन्सल्टेन्सी र सप्तकोशी स्टेसनरीले गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *