शिक्षक महासंघले गरायो संसदीय समितिको ध्यानाकर्षण

काठमाडौं। नेपाल शिक्षक महासंघले सरोकारवालासँग भेट गरी विद्यालय शिक्षा विधेयकबारे छलफल गरेको छ। भेटका क्रममा विधेयकले सम्बोधन गर्नुपर्ने विषयबारे जानकारी गराइएको महासंघले जनाएको छ।

आज बिहीबार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापासँग टोलीले भेट गरेको छ।

यसैगरी टोलीले सत्तारुढ नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलासँग पनि भेटघाट गरेको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार भेटका क्रममा विद्यालय शिक्षा विधेयकबारे छलफल गरिएको थियो । विधेयकले सम्बोधन गर्नु पर्ने माग तथा मुद्दाहरूबारे जानकारी गराउँदै ध्यानाकर्षण पत्र समेत हस्तान्तरण गरिएको सुवेदीले जानकारी थिए।

उक्त विधेयकमा छलफल गर्न बनेको उपसमितिले समितिलाई बुझाएको प्रतिवेदनमा आफ्ना कतिपय माग र विषयहरू नसमेटिएको भन्दै महासंघ असन्तुष्ट बनेको छ।

माग समेट्न र सरकारले यसअघि गरेका सहमतिको पालना गर्न आग्रह गर्दै सुनुवाइ नभए फेरि पनि आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी महासंघले दिएको छ।

सांसदले सोधे, ‘शिक्षा विधेयकबारे सरकारको धारणा के हो?’

शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन समितिलाई बुझाइयो (यस्तो छ प्रतिवेदन)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *