इलाममा संगठन विस्तार गर्दै रास्वपा

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाममा आफ्ना गतिविधि बढाउन थालेको छ । यस क्रममा कार्यालय स्थापनादेखि प्रशिक्षण लगायत गतिविधि गरिएको छ ।

पार्टीको कोशी प्रदेश समिति प्रशिक्षण विभाग प्रमुख नारायण घिमिरेको उपस्थितिमा जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ ।

यसै अवसरमा इलाम नगरपालिका भेलाको तयारी गरिएको पार्टीले जनाएको छ । कार्यालय स्थापनासँगै जिल्ला समितिको पहिलो बैठक पनि सम्पन्न भएको छ ।

२०८१ माघ महिनाभित्र इलामका सबै पालिका समिति गठन गरिसक्ने निर्णय भएको जिल्ला समितिका सहसचिव दिनेशकुमार महतले जानकारी दिए ।

यस्तै, इलाम नगरपालिका भेला आयोजक समिति गठन भएको छ । भुवन पौडेलको सभापतित्वमा आयोजक समिति गठन भएको हो । उपसभापतिमा केदार न्यौपाने चयन भएका छन् ।

सदस्यहरुमा हिमा आचार्य, दुर्गामाया सुवेदी, ज्ञानेन्द्र घिमिरे, दुर्गाप्रसाद सुवेदी, नेत्रकला खनाल, दिपक आले मगर चयन भएका छन् ।

यसैगरी, इलाम जिल्ला ‘र्याट’ पनि गठन भएको छ । यसका सभापतिमा तेजकुमार श्रेष्ठ र सदस्यहरुमा लक्ष्मी श्रेष्ठ र श्रीबहादुर विश्वकर्मा छन् ।

ओडारीको सभापतित्वमा रास्वपा इलामको समिति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *