ओडारीको सभापतित्वमा रास्वपा इलामको समिति

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को इलाम जिल्ला कार्य समित गठन गरिएको । समितिका सभापतिमा टीका ओडारी चयन भएका छन् ।

इलाम सदरमुकाममा सम्पन्न पार्टीको जिल्ला भेलाले ओडारीको सभापतित्वमा समिति चयन गरेको हो ।

समितिका उपसभापतिमा सन्तोष श्रेष्ठ, सचिवमा गोकुल राई, सहसचिवमा दिनेशकुमार महत तथा कोषाध्यक्षमा कल्पना न्यौपाने चयन भएका छन् ।

यस्तै, गणेश कार्की, मिङ्मा शेर्पा, सविता दास, पवित्रा कार्की राउत, कमला अधिकारी र प्रतीक बोहोरा सदस्य छानिएका छन् । पार्टीका केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईंलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको सभापति ओडारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *