एनपीएलः नेपाली खेलकुदमा सबैभन्दा ठूलो पुरस्कार, कसले के पाए ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स भएको छ। फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि हात पारेको हो ।

जनकपुरले ट्रफीसहित १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको छ । नेपाली खेलकुदमा यो सबैभन्दा ठूलो पुरस्कार रकम हो । उपविजेता सुदूरपश्चिमले ५१ लाख पाएको छ । तेस्रो भएर कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ पाए ।

प्रतियोगितामा विभिन्न विधामा आकर्षक पुरस्कारहरु प्रदान गरिएको छ । कसले के पुरस्कार पाए ?

– उपाधि विजेताः जनकपुर बोल्ट्स (१ करोड १० लाख रुपैयाँ)

– उपविजेताः सुदूरपश्चिम रोयल्स (५१ लाख रुपैयाँ)

– तेस्रो स्थानः कर्णाली याक्स (२५ लाख रुपैयाँ)

– चौंथो स्थानः चितवन राइनोज (१५ लाख)

– फेयर प्ले अवार्डः लुम्बिनी लायन्स

– प्रतियोगिताको सर्वाधिक चौका (३५): लाहिरु मिलन्था (२ लाख रुपैयाँ)

– इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्टः जिमी निशम (२ लाख)

– उदयीमान खेलाडीः विपिन प्रसाद शर्मा (५० हजार नगद, १० लाख बराबरको छात्रवृत्ति)

– सर्वोत्कृष्ट बलरः ललित राजवंशी (अल्ट्राभायोलेट एफ ७७ मोटरसाइकल)

– सर्वोत्कृष्ट नेपाली खेलाडीः दिपेन्द्रसिंह ऐरी (अमोडा इ–५ डिएलएक्स इलेक्ट्रोनिक कार)

– सिद्दार्थ बैंक प्लेयर अफ द टुर्नामेन्टः सुदूरपश्चिमका सेइफ जेइब (५ लाख)

सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुर बन्यो एनपीएल च्याम्पियन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *