म झरेको समय

म झरेको समय
तिमी सबैभन्दा अग्लो चुचुरोमा हुनेछौ
र म सबैभन्दा गहिरो खोँचमा कतै बिलाउनेछु
म चैतमासको पत्कर भएर
तिम्रो अघिल्तिर खस्नेछु
तिमी चुपचाप टेकेर जानेछौ
म झरेको दिन झरी पर्नेछ
जून रुनेछ
त्यही झरीमा रमाउँदै
तिमी झरीमा रुझ्नेछौ
त्यही जूनको शीतलतामा
उनको हातमाथि हात राखेर
उनको टाउको छातीमा टाँसेर
सपनाको सफर गरिरहेको हुनेछौँ
म चितामा जल्दै गरेको समय
तिमी शुभ साइत निकालेर
नयाँ जिन्दगीको उत्सव मनाइरहेको हुनेछौ
म तिम्रै भीर, पहराको काख भएर
खस्नेछु
र रित्तिनेछु एक जीवन
सक्किनेछु एक अस्तित्व

***

नफर्किएको भनेको त तिमी मात्र हौ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *