दसैँका लागि आन्तरिक उडान बिहान साढे ४ बजेदेखि

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दसैँमा रात्रिकालीन उडान हुने सबै विमानस्थलहरू बिहान साढे ४ बजे नै सञ्चालन हुने जनाएको छ । बाढी पहिरो तथा चाडपर्वका कारण बढेको यात्रुको चापलाई घटाउन त्रिभुवन विमानस्थल बिहान साढे ४ बजेदेखि नै खुला गर्न लागेको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

बिहीबार घटस्थापनादेखि पूर्णिमासम्म यो निर्णय लागू हुने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी विमानस्थलमा रातको समयमा पनि उडान गर्न सकिन्छ ।

अहिले आन्तरिक उडान बिहान ६ बजेदेखि राति २ बजेसम्म भइरहेको छ । यसअघि राति १० बजेसम्म मात्रै आन्तरिक उडान हुने गरेकोमा बाढी पहिरोका कारण आइतवारदेखि आन्तरिक उडान राति २ बजेसम्म भइरहेको हो ।

हवाई भाडा आंशिक घटाइयो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *