हवाई भाडा आंशिक घटाइयो

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेपछि हवाई भाडा समायोजन भएको छ । परिवर्तित हवाई इन्धनको मूल्यअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधवार नयाँ भाडा दर लागू गरेको हो ।

हवाई जहाजको भाडामा इन्धनको हिस्सा करिब ४० प्रतिशत हुन्छ । सोही आधारमा घटेको इन्धन शुल्कलाई समायोजन गर्नेगरी भाडा दर निर्धारण गरिएको हो ।

नयाँ दर अनुसार काठमाडौँबाट भद्रपुर १८० रुपैयाँ, काठमाडौँ–विराटनगर १४५ रुपैयाँ, काठमाडौँ–जनकपुर ७५ रुपैयाँ, काठमाडौँ–पोखरा ९५ रुपैयाँ मूल्य घटाइएको छ ।

यसैगरी, काठमाडौँ–भैरहवा १२० रुपैयाँ, काठमाडौँ–नेपालगन्ज १९५ रुपैयाँ तथा काठमाडौँ–धनगढी २६५ रुपैयाँ भाडा घटाइएको छ ।

दसैँका लागि आन्तरिक उडान बिहान साढे ४ बजेदेखि

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *