कोशीमा पर्यटन पूर्वाधारका लागि साढे ३ अर्ब
विराटनगर। कोशी प्रदेश सरकारले प्रदेशको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि आगामी आर्थिक वर्ष २०८३/८४ मा ३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधार विकास र देश-विदेशमा गरिने प्रचारप्रसारका कार्यक्रमलाई लक्षित गर्दै सरकारले साढे ३ अर्ब हाराहारीको यो बजेट व्यवस्था गरेको हो।
सरकारले विनियोजन गरेको यही बजेटभित्रै प्रदेशले मनाउने दुई वर्षे भ्रमण वर्षको विशेष कार्यक्रमसमेत समावेश गरिएको छ।
यसअघि चालु आर्थिक वर्षलाई मात्र पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले आफ्ना योजनाहरूलाई निरन्तरता दिन आगामी दुई वर्षलाई नै पुनः पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ।
प्रतिक्रिया
